• २०८१ असोज २९ गते मङ्गलवार
  • Preeti To Unicode

सरकार ढाल्ने, अनि उनैलाई अध्यक्ष बनाउनुपर्ने ? देउवालाई मत दिने सांसदसँग एमालेले माग्यो २४ घण्टे स्पष्टीकरण


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।
ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री

देउवालाई वरिष्ठ नेता माधवकुमार नेपाल सहित २२ जनाले विश्वासको मत दिएका छन् ।
माधव नेपालप्रति ओलीको टिप्पणी : सरकार ढाल्ने, अनि उनैलाई अध्यक्ष बनाउनुपर्ने ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन पार्टीका लागि शर्मनाक भएको बताएका छन् ।
पार्टी केन्द्रीय कमिटीको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ष्ट आन्दोलनको गद्दार भएको बताए । नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको भन्दै उनले भने, ‘अपराध गर्ने, सरकार ढाल्ने, अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’नेता नेपालले कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागेको ओलीको आरोप छ । उनले भने, ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत छैन ।

पार्टी पंक्तिले एकता चाहेको छ, धैर्यता नगुमाऔं : गोकर्ण विष्ट
नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई एकतावद्ध गर्न प्रयास जारी रहेको बताएका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएपछि थप विवादमा आएको पार्टी पंक्तिलाई एकतावद्ध गराउने प्रयास जारी रहेको उनले बताएका हुन्।

सोमवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसका लागि धैर्यता चाहिने बताएका छन्। ‘हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ। अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहनेछ। यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं। पार्टी पंक्तिले एकता चाहेको छ,’ विष्टले भनेका छन्,

‘भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने छ।’विष्ट पछिल्लो समय विवाद समाधान कार्यदलमा रहेर पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहलाई मिलाउने प्रयास गर्ने नेतामध्येका एक हुन्।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार