• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

नेपाल समूहका १४ र ओली पक्षका ८ जना सांसदबिच छलफल हुँदै


काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु मंगलबार छलफलमा जुट्दैछन्। पार्टी अध्यक्ष केपी
शर्मा ओली पक्षले गरेको कारवाही र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा उनीहरुबिच छलफल हुन लागेको हो।प्रधानमन्त्री शेरबहादुर देउवालाई

विश्वासको मत दिएका नेपाल समूहका १४ जना र ओली पक्षका ८ जना सांसदबिच छलफल हुन लागेको सांसद विरोध खतिवडाले जानकारी दिए। एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका २२ जना सांसदहरुलाई कारवाहीको तयारी गरेपछि उनीहरुले छलफल गर्न थालेका हुन्।सांसदहरुसँग छलफल गर्नुअघि नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए।

सोमवार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्णय विपरित देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यद्यपी उक्त स्पष्टीकरणको पत्र हालसम्म पनि सम्बन्धित सांसदहरुलाई पठाइएको छैन्। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आज स्पष्टिकरणको पत्र पठाउन लागिएको बताए।

‘प्रक्रिया पुर्याएर पत्र पठाउँछौ। आज पठाउन लागेका छौ,’ उनले भने।सांसद खतिवडाले पनि आफू समक्ष स्पष्टीकरण पत्र नआएको र आएपनि जवाफ नदिने बताए।

‘अहिले सम्म आएको पनि छैन्। के कारणले सोध्ने हो त्यो पनि थाहा छैन्। संसदको विषयमा हो भने फैसला छदैँछ। अदालतको मानहानी हुन्छ त्यस अनुसार कारवाही गरे,’ उनले भने।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार