• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

नयाँ दिल्लीस्थित नेपाली राजदूतको फोन ट्यापिङ भए को खुलासा


काठमाडौंइजरायलको एक कम्पनीले निर्माण गरेको पेगासस जासुुसी सफ्टवेयर मार्फत विभिन्न मुलुकका ५० हजार बढीफोन प्रयोगकर्ता
को व्यक्तिगत विवरण संकलन गरिएको विषयले हिजोआज विश्व तरंगित छ।सो सफ्टवेयरमार्फत विपक्षी राजनीतिक दल,पत्रकार र आलोचकको निगरानी

गरी महत्वपूर्ण सूचनाहरु हात पारेको विषयले भारतमा पनि हंगामा मच्चिएको छ । यस विषयमा चासो व्यक्त गर्दै संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले एक विज्ञप्ति नै प्रकाशित गरेको छ ।भारतको अनलाइन न्युज पोर्टल दि वायरसहित १७ विभिन्न संस्थाहरुले लामो अध्ययनपछि उक्त सफ्टवेयरले व्यक्तिगत विवरण संकलन गरेकोसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका हुन् । सो संस्थाहरुले केही मोवाइल सेट परीक्षण गर्दा सो सफ्टवयरबाट संक्रमित भएको पाइएको बताएका छन् ।दूतावासका कुन–कुन व्यक्तिको मोवाइल सेटमा निगरानी गरिए वा फोन ट्यापिङ गरिएको भन्ने चाहिँ समाचारहरुमा उल्लेख गरिएको छैन । यथार्थ के हो भनी आफूहरुले बुझिरहेको नयाँ दिल्लीस्थित दूतावासका एक अधिकारीले बताए ।

सो प्रतिवेदनमा इजरायली कम्पनी एनएसओ ग्रुपले निर्माण गरेको स्पाईवायर प्रयोग गरी विभिन्न देशले व्यक्तिको फोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक डिभाइसमा पहुँच निर्माण गरी व्यक्तिगत विवरण हात पारेको खुलासा गरेको छ ।नयाँ दिल्लीमा रहेका नेपाली राजदूत र अन्य कूटनीतिक कर्मचारीहरुको पनि सोही सफ्टवयरमार्फत निगरानी गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन । नेपालसँगै चीन र पाकिस्तान दूतावासका कूटनीतिज्ञको निगरानी गरिएकोसमेत भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

दूतावासका कुन–कुन व्यक्तिको मोवाइल सेटमा निगरानी गरिए वा फोन ट्यापिङ गरिएको भन्ने चाहिँ समाचारहरुमा उल्लेख गरिएको छैन । यथार्थ के हो भनी आफूहरुले बुझिरहेको नयाँ दिल्लीस्थित दूतावासका एक अधिकारीले बताए ।उनका अनुसार सञ्चार माध्यममार्फत सार्वजनिक भएको यो विषयको यथार्थ के हो भन्नेबारे बुझ्ने काम भइरहेको छ । ५० हजार लिष्टमा दूतावासले प्रयोग गर्ने केही नम्बर भएको भनिएपनि ह्याक नै गरिएको हो वा होइन भन्ने यकीन भएको छैन ।

यो सफ्टवेयरमार्फत कुनै पनि देशका खुफिया र कानून कार्यान्वयन गर्ने निकायले टाढाबाट नै मोवाइलमा रहेका विवरण प्राप्त गर्न सक्छन् । सो सफ्टवेयरको विकास इजरायलका खुफिया एजेन्सीले सन् २०१० मा नै गरेको हो । सो पेगासस सफ्टवेयरमा फोनको क्यामरा र माइक्रोफोनलाई समेत सक्रिय बनाउने बताइएको छ ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार