• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माधव पक्षको रणनीति : सरकारमा नजाने, सांसद संख्या बढाउने


नेकपा एमालेका वरिष्ठ नेता (माधव नेपाल पक्ष) का सांसदको बैठकले आफ्नो पक्षमा सांसदहरुको संख्या कसरी बढाउन सकिन्छ भन्ने
बारेमा छलफल गरेको छ । मंगलवार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पार्टीमा कसरी सांसदको

संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताए । उनले आफूलाई जनमानसले पनि र अदालतले पनि साथ दिइरहेको र आफू जहिल्यै सत्यको बाटोमै हिँडेको बताए । ‘हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ,’ सांसद खतिवडाले भने, ‘हामी विधिसम्मत बाटोमा हिँडेका छौँ, हामीले उठाएका माग र मुद्दा स्थापित भइरहेका छन्, केपीजीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहन्छ ।’

अहिले चलाइएका प्रोपोगान्डा मिडिया खपतको लागि भएको र एमाले केन्द्रीय समिति बैठकले २२ जनालाई २४ घण्टे स्पष्टीकरणको पत्र अहिलेसम्म कसैले पनि नपाएको बताए ।

त्यस्तै माधव नेपाल पक्षकी अर्की सांसद रामकुमारी झाँक्रीले आजको बैठकमा प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापनासम्मको भूमिकाबारे छलफल भएको बताइन् । साथै अबको आफ्नो भूमिका के हुन्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको बताइन् ।

‘सरकारमा जाने कुरा हाम्रो एजेण्डा थिएन,’ नेतृ झाँक्रीले भन्नुभयो, ‘हाम्रो पार्टी अपोजिशन भएकोले सरकारमा जाँदैनौँ ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार