• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने अमरेश कुमार सिंहको घोषणा


काँग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले बुधबार राजीनामा दिने घोषणा गरेका छन् । कुराकानी गर्दै
सिंहले आजै आफूले पदबाट राजीनामा दिन लागेको बताए । ‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा

दिन लागेको हुँ’, उनले भने, ‘पार्टी क्रियाशिल सदस्यता, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको पनि मेरो गम्भीर आपत्ति छ ।’उनले आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन लागेको पनि बताए । त्यसका लागि आफू बालुवाटार जाँदै गरेको र पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने उनको भनाइ छ । सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् ।

भीम रावललाई भेट्न निवासमै पुगे माधव नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् ।

बुधबार आफूपक्षीय नेताहरुको स्थायी कमिटी बैठकमा रावल नआएपछि नेता नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन् ।३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसदबाट राजीनामा दिएका थिए ।

पार्टी एकताको दश बुँदे सहमति जुटाएको कार्यदलमा रावल नेता नेपाल तर्फका संयोजक थिए ।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार