• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

ओलीलाई माधव पक्षले बुझायो स्पष्टीकरण : केपी ओली र माधव नेपालबीच भेटवार्ता हुँदै


एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।दोस्रो तहका नेताहरुको पहलमा अध्यक्ष
ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुन लागेको हो ।‘दुई नेताबीच आज साँझ कुनै पनि बेला भेटवार्ता हुनसक्छ’, एमाले संसदीय दलका उपनेता

समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङले भने, ‘हामीले कुरा गर्दा दुवै नेताले भेट्ने सहमति जनाउनुभएको छ ।’माधव नेपाल पक्षका अर्का एक स्थायी समिति सदस्यले पनि दुई नेताबीच भेटवार्ताको तयारी भइरहेको बताए । ‘आज भेटवार्ता हुने कुरा छ । समय र स्थान तय भैसकेको छैन’ ती सदस्यले रातोपाटीलाई बताए । नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा क्षमा दिन सकिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेकोमा उनीहरुलाई आज कारवाही गर्ने भनिएपनि कारवाहीको प्रक्रिया अघि बढाइएको थिएन ।

ओलीलाई माधव पक्षले बुझायो स्पष्टीकरण : ‘तपाईंको यो काम कसरी विधानसम्मत हुनसक्छ ?’
यस्तो छ मेटमणि चौधरीको ६ बुँदे जवाफ (पूर्णपाठसहित)
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । माधव नेपाल पक्षका सांसद मेटमणि चौधरीले नेताहरुले स्पष्टीकरणको छुट्टाछुट्टै जवाफ दिएको बताए । चौधरीले आफुले भने ६ बुँदे जवाफ दिएका छन् ।अध्यक्ष ओलीलाई सम्बोधन गरेर चौधरीले बुझाएको जवाफमा साउन ४ गतेको पत्रमार्फत उठाएका सवालहरूलाई नेकपा एमालेभित्र पछिल्लो समयमा विकास भएका राजनीतिक र सांगठनिक परिवेशमा हेर्न वाञ्छनीय हुने बताएका छन् ।

उनले जवाफमा ‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बोलाइ एकताबद्ध भएर निर्णय गरी अगाडि बढ्नुपर्नेमा विधिवत बैठक बोलाउनुको साटो पार्टी अध्यक्षले २०७७ फागुन २८ गते केन्द्रीय कमिटीका सवै सदस्यहरुलाई जानकारी नै नदिई गुटगत रुपमा प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो मत मिल्नेहरूको भेला बोलाइ केन्द्रीय कमिटीको कथित विशेष बैठक भनेर पार्टीको विधान र प्रक्रिया विपरित नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा एमालेको सदस्य नै नरहेका २३ जन व्यक्तिलाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरेको पाइयो । यो काम कसरी विधानसम्मत हुनसक्छ ?’ भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार