• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ श्रावण ०९ गते शनिवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ साउन ९ गतेशनिवार, २४ जुलाई २०२१। आषाढ शुक्लपक्ष पूर्णिमा तिथि, प्रातः ८ः०१ बजेदेखि श्रावण कृष्ण प्रतिपदा।उत्तराषाढा
नक्षत्र, १३ः३७ बजेदेखि श्रवण। चन्द्रराशि– मकर। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे,चन्द्रोदय:

साँझ ०६:४६ बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि जून लागिरहने छ, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६:५६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मिक सन्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तीर्थाटनको योग पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको थालनी हुनेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ ।आकस्मिक धन लाभ पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कार्यको योजना बन्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समदेखि रोकिएका अधुरा कार्यहरू पुन: प्रारम्भ हुनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योजना बन्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार