• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

तेस्रो संस्करण : भोलि देखि झापामा एकसाता निषेधाज्ञा, घरबाहिर निस्किन रोक ( सूचना सहित )


झापा । कोरोना संक्रमण दर बढेको भन्‍दै दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू गर्ने भएको छ।नगरपालिकाले कोरोना भाइरस
को रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्‍यराति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने

विज्ञप्तिमार्पत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ दमक नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस संक्रमण फैलदो क्रममा रहेको हुँदा मिति२०७८ साउन११ गते बिहान ४ बजेदेखि २०७८ साउन १७ गते मध्‍य राति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको सम्‍बन्धित सबैमा हार्दिक अनुरोध छ । ‘यस्तै नगरपालिकाले अनुमति नलिइ अत्यावश्‍यक काम बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ भने व्‍यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था र सबै प्रकारका सावारी साधन पूर्णरुपले बन्‍द हुनेछन् ।यस्तै नेपाल सरकारले तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न समेत सबैमा नगरपालिकाले आग्रह गरेको छ ।

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याएका हुन् । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार