• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : २०७८ श्रावण ११ गते सोमवार, हेर्नुहोस् दैनिक राशिफल || निकै राम्रो छ यी राशिको भाग्य


२०७८ साउन ११ गते, साेमवार, २६ जुलाई २०२१।श्रावण कृष्णपक्ष, तृतीया तिथि। धनिष्ठा नक्षत्र, १२ः२१ बजेपछि शतभिषा।चन्द्रराशि–
कुम्भ। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त:साँझ ०६:४६ बजे, चन्द्रास्त : बिहान ०७:५६ बजे र चन्द्रोदय:बेलुका

०८:१६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्राको योजना बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । भक्ति भाव पनि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होला, तर शेयर बजारको लगानी राम्रो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक सभा समारोहमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै लाभ मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज समान हराउन सक्नेछ । आज बन्नु पर्ने काममा व्यवधान आउन सक्छ, तर साँझमा शुभकार्यको चर्चा चल्नेछ र आफन्तको सहानुभूति मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार