• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

राति सवा नौ बजे विराटनगर महानगरपालिकाका मेयर पराजुलीलाई टोलबासीले लखेटे पछि …


विराटनगर:विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई उनले आफ्ना समर्थक मात्र बोलाएर सुटुक्क खोप दिएको भन्दै राति
सवा ९ बजे विराटनगरको मुनालपथबाट स्थानीय युवाले लखेटेका छन्।स्थानीय युवा प्रवीण निरौला भारद्वाजका अनुसार प्रमुख पराजुलीले विराटनगर वडा

नम्बर ५ का कांग्रेस बुथ सभापति विमल राजभण्डारीका घरमा भेरोसिल खोप वितरण गरिरहेका थिए। टोलका करिब ६० जना समर्थक बोलाएर सुटुक्क खोप दिएको थाहा पाएपछि स्थानीय युवाले प्रमुख पराजुली र उनको समूहलाई लखेटेका हुन्।पराजुलीका साथ नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपाने र उपाध्यक्ष प्रवीण जोशी समेत थिए। राजभण्डारीका घरमा खोप भइरहेको चाल पाएपछि वरपरका युवा र महिला त्यहाँ जम्मा भएर होहल्ला गर्न थाले। यसपछि प्रमुख पराजुली र उनको समूह गाडी चढेर भागेको थियो।प्रवीण निरौलाले उक्त दृश्य आफ्नो फेसबुक पेजमा लाइभ गरेका छन्। मुनालपथ नजिकै घर भएका नेपाली कांग्रेसका युवा नेता दीपक चापागाईंले घटनाको पुष्टि गरे।

‘धेरै लफडा भयो’, चापागाईंले भने, ‘मेयर साबले आफ्ना मान्छे बोलाएर खोप लगाउँदै हुनुहुन्थ्यो। होहल्ला भएपछि भाग्नुभयो। हानाहान पनि भयो। अलिअलि ढुङ्गा हानाहान पनि भयो। तर, अप्रिय केही भएन।’

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली

राति १० बजे प्रमुख पराजुलीलाई पहिलोपोस्ट संवाददाताले फोन गर्दा उनका प्रेस संयोजक कौशल निरौलाले पराजुली आफ्नो टोलीसहित सुनसरीको दुहबीमा मिटिङ गरिरहेको बताए।

मुनालपथमा के भएको भन्ने प्रश्नमा निरौलाको जबाफ थियो, ‘हामी घरघर गएर अक्सिजन बाँड्छौँ। डाक्टर लैजान्छौँ। खोप लगायौँ त कुन ठूलो कुरा भयो? हामीले गर्ने नै सेवा हो।’निरौलाले प्रमुख पराजुली बैठकमा भएकाले फोन दिन नमिल्ने बताए।
स्रोत : पहिलो पोस्ट

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार