• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

एन्फामा सञ्चारकर्मी र वरिष्ठ उपाध्यक्ष सँगको विवादबारे छानविन गर्न प्रशिक्षक अलमुताइरीले दिए निवेदन


काठमाडौं :नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले छानविनको माग गर्दै अखिल नेपाल फुटबल संघ एन्फामा
निवेदन दिएका छन्। साउन १० गते राजीनामा दिने सामाजिक सञ्जालबाट घोषणा गरेका अलमुताइरीले आज एन्फामा दुई सञ्चारकर्मी र वरिष्ठ उपाध्यक्ष

सँगको विवादबारे छानविन गर्न भन्दै निवेदन दिएका हुन्।’दुई जना पत्रकारको विषय र वरिष्ठ उपाध्यक्षसँगको विषयमा आवश्यक छानविन होस भनेर निवेदन दिनु भएको छ,’ एन्फाका प्रवक्ता किरण राईले भने, ‘उपाध्यक्ष ज्यूले अगाडि नै दिनु भएको थियो। भोलि यस विषयमा मिटिङ भएकाले आज दिनु भएको छ।’एन्फामा भोलि साफ च्याम्पियनसीप र हेडकोच प्रकरणमा छलफल गर्नका लागि कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको छ।

अमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले केही सातायता आफूलाई दु:ख दिएको कारण राजीनामा दिने बताएपछि सामाजिक सञ्जाल तरंगित बनेको थियो।

‘प्रिय नेपाली फुटबल समर्थक। म आज एन्फा राजीनामाका लागि जाँदैछु। र, मेरो राजीनामाका कारण हुन् एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ,’ नेम्बाङलाई मेन्सन गर्दै उनले लेखेका छन्,’मलाई लाग्छ अब तपाइ खुशी हुनुभयो होला।’

त्यस्तै, पंकजविक्रम नेम्बाङले आफूमाथिको आरोप पुष्टी गर्न चुनौती दिँदै छानविनको माग गरेका थिए। उनको भनाइ थियो: ‘म दोषी पाइए एक मिनेट पनि एन्फामा बस्ने छैन। मैले गएको ३ हप्ता उहाँलाई काहाँनेर दु:ख दिएँ। म आफै चकित छु। म अनप्रोफेश्नालिज्मका पछाडि लाग्दिनँ। उहाँले अनप्रोफेसनालिजम देखाउनु भयो।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार