• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम १८ दिनमा गर्‍यौं : राजेन्द्र महतो


जनकपुरधाम । पूर्वमन्त्री राजेन्द्र महतो ले उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम आफूहरुले १८ दिनमा गरेको दाबी गरेका
छन् ।जसपा विभाजनपछि बिहीबार जनकपुरधाम आएका नेता महतोले १८ दिनभित्रै नागरिकता अध्यादेश ल्याएको, १४० जना उपर रहेको मुद्दा फिर्ता

गराएको, संविधान संशोधनका लागि कार्यदल बनाएको बताए ।सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले नागरिकता अध्यादेश ल्याए पनि अदालत बेइमान भएपछि कार्यान्वयन नभएको बताए । ‘हामीले अध्यादेश ल्यायौं, तर अदालतले उल्टो काम गरिदियो’ उनले भने । उपेन्द्र यादव १८ महिना सरकारमा रहँदा यी कामहरु गर्न नसकेको उनको भनाइ छ । ‘उपेन्द्रजीले चार पटक प्रयास गरे पनि गर्न नसकेको काम हामीले एकै पटकमा गरेका छौं,’ उनले भने ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेस विरोधी रहेको र उनी मधेसको पक्षमा आएपछि सहयोग गरेको उनले प्रष्टीकरण दिए ।

आफूहरुले गरेका कामलाई अब सरकारमा जान लागेका उपेन्द्र यादवले पूरा गरेर देखाइदिनुपर्ने उनले बताए । ‘हामीले शुरुवात गरेका कामहरु गर्नुपर्‍यो नि,’ महतोले भने, ‘संसद आयो । नागरिकता विधेयक संसदबाटै पारित होस्, संविधान संशोधन होस् र रेशम चौधरी सहितलाई रिहा गराइयोस् ।’

दुई पार्टीको एकतालाई केही व्यक्तिले टिक्न नदिएको आरोप लगाउँदै उनले भने, ‘हाम्रै मित्रले एक ठाउँमा बस्न नमिल्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभयो । र, आयोगले दुई ठाउँमा बस्न भनिदियो । यसको मूल्यांकन जनताले गर्नेछन् ।’

अब नयाँ पार्टी खोल्ने कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा महतोले नयाँ पार्टी खोल्नै नपर्ने बताए । जसपा दुई पार्टी मिलेर बनेको थियो । दुईवटा पार्टी नै रहने उनले बताए । पार्टीको नाम जसपा, राजपा जे राख्दा पनि हुने उनले बताए ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार