• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सितापाइला,इटहरी र धनगडी गुल्मबाट एकसाथ नेपाली सेना बख्तरबन्द गाडी सहित सडकमा निस्कियो


इटहरी / नेपाली सेना ले बख्तरबन्द गाडी ( आर्मोर्ड भेहिकल ) को सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ । नेपाली सेनाको
मुख्यालय जंगी अड्डाले बिहीबार सूचना निकालेर साे जानकारी दिएकाे हाे।सेनाको मेकानाइज्ड युनिटहरूबाट सकल दर्जाहरूको ड्राइभिङ सीप अभिवृद्धि


गर्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गराउन लागिएकाे सूचनामा उल्लेख छ । आर्मोर्ड पर्सनल क्यारियर र माइन प्रोटेक्टिभ गाडीहरूको अभ्यास हुन लागेको सेनाले जनाएकाे छ ।

सूचना अनुसार सेनाका बख्तरबन्द गाडी सुनसरी र माेरङका सडकमा समेत गुड्ने छन् । सुनसरीकाे इटहरी, भुम्का चोक, ईनरुवा, भण्टावारी खनार, दुहवीमा बख्तरबन्द गाडीले अभ्यास गर्ने छन् । त्यस्तै माेरङकाे बिराटनगर समेत अभ्यास हुने सेनाले बताएकाे छ । यि स्थानमा इटहरी गुल्म अन्तरगत विभिन्न मितिमा अभ्यास हुनेछ ।

साउन १४ गते सुनसरी व्यारेकबाट ईटहरी चोक, टयाङ्ग्रा खोला, पशुपति चोक, हवाईचोक, तालतलैया र सोहि रुट फिर्ता हुनेछ । साथै साउन २५ गते सुनसरी व्यारेकबाट ईटहरी चोक, झुम्का चोक, ईनरुवा, भण्टावारी र सोहि रुट हुदै व्यारेक फिर्ता र साउन ३२ मा सुनसरी व्यारेकबाट ईटहरी चोक,

खनार, दुहवी, बिराटनगर र सोहि रुट हुदै ब्यारेक फिर्ता हुने रूट सेनाले सार्वनजिक गरेकाे छ । काठमाडाैंकाे सीतापाइस्थित बाहिटी ब्यारेक र धनगढी गुल्मले समेत साे अभ्यास गर्न लागेकाे सेनाले जनाएकाे छ ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार