• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ श्रावण १५ गते शुक्रवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ साउन १५ गतेशुक्रवार, ३० जुलाई २०२१। श्रावण कृष्णपक्ष षष्ठी तिथि, प्रातः ५ः३० बजेदेखि सप्तमी। रेवती नक्षत्र, १६ः२४ बजे
देखि अश्विनी। चन्द्रराशि– मीन, १६ः२४ बजेदेखि मेष। इटहरी,सुनसरी,नेपालमा सूर्योदय :बिहान ०५:२० बजे र सूर्यास्त :साँझ ०६:४३ बजे,चन्द्रास्त:

दिउँसो ११:०८ बजे र चन्द्रोदय : मध्यरात्रीपूर्व ११:१७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:५९ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवहारमा सतर्कता अपनाउनु पर्ला, नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर साँझ सम्म धन हात पर्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कार्यको योजनले गति पाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धूम्रपान र मद्यपानबाट ढाडै रहनु होला । गरेको कार्यमा बाधा आउनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । मङ्गल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला। कुटुम्बको सहयोग पनि मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार