• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

भारतीय एसएसबीले तुइन काट्दा नदीमा खसेर नेपाली युवा बेपत्ता


नदी तर्ने क्रममा तुइन काटिदिए पछि ३५ वर्षीय युवा जय सिंह धामी नदी मा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन
अमानवीय र अत्यन्तै आपत्तिजनक छ,’ शमाले विज्ञप्तिमा भनेका छन् ।‘घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद

गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकार समक्ष माग गर्दछु,’ शर्माले विज्ञप्तिमा भनेका छन्, ‘आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु ।दार्चुलाको व्यास गाउँपालिका-२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काट्दा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको स्थानीय विक्रमसिंह धामीले बताए। उनका अनुसार, महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटेको थियो।तुइनको बीच भागमा पुगेका जयसिंह नदीमा डुबेको उनले बताए। “भारततर्फ पुग्ने वेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बीच भागमा पुग्ने वेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्,” विक्रमले भने।

उनका अनुसार सदरमुकाम खलंगाबाट सामान लिनका लागि ६ जना स्थानीय भारतको बाटो आउँदै थिए। उनले भने, “पाँच जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने वेला एसएसबी पुगेर तुइन काटिदिए।” भारतको पांगलमा रहेका एसएसबीले तुइन काटेको उनले बताए।दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिद्धराज जोशीले एसएसबीले तुइन काट्दा एक जना महाकालीमा बेपत्ता भएको खबर आएको बताए। “तुइन काट्दा एक जना बेपत्ता भए भन्ने खबर आएको छ। अहिले हामी छलफलमा छौं, के भएको हो भन्ने बुझ्दै छौं,” प्रजिअ जोशीले हिमालखबरसँग भने।ब्यासबाट नेपाल भएर सदरमुकाम खलंगा आउन सहज बाटो छैन। त्यसैले ब्यासका बासिन्दा महाकालीमा तुइन तरेर भारतको बाटो भएर सदरमुकाम आउने गरेका छन्।

वास्तविकता​ बाहिर ल्याइ न्याय दिलाउन काँग्रेसको माग
दार्चुला जिल्लामा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा बेपत्ता भएको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याएर आफ्नो नागरिकलाई न्याय दिलाउन नेपाली काँग्रेसले सरकारसमक्ष माग गरेको छ । दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा । भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण उक्त घटना भएको आरोप छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको जानकारी दिएका छन् । ’नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ,’ शमाले विज्ञप्तिमा भनेका छन् ।

‘घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकार समक्ष माग गर्दछु,’ शर्माले विज्ञप्तिमा भनेका छन्, ‘आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु ।’

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार