• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

पार्टीमा ठाउँ छैन भन्ने केपी ओलीलाई माधव नेपालको काउण्टर : तर्सेर भाग्ने कुरा हुँदैन, मैदान छोडिँदैन


काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालले तर्सेर नभाग्ने जवाफ फर्काएका छन्। काठमाडौं
जिल्ला कमिटीलाई सम्बोधन गर्दै ओलीले नेपाललाई पार्टीमा ठाउँ नभएको बताएका थिए।ओलीलाई काउण्टर दिँदै नेता नेपालले मैदान छाडेर नभाग्ने

बताएका हुन्। अखिल फोर्सको भेलालाई काठमाडौंको कार्की बैंकेटमा सम्बोधन गर्दै नेपालले भने,’तर्सेर भाग्ने कुरा आउँदैन। मैदान छाडने कुरा आउँदैन। सही तरिका अपनाउने कुरा हुन्छ। हामी जबजबाट अगाडि बढिरहेका छौं।’उनले आफ्नो समूह अरुको आलोचना सुन्न तयार रहेको बताए। उनले ओली प्रवृत्तिको विरोध गर्नुपर्ने बताए।’हामी अरुको आलोचना पनि सुन्छौं। यसर्थमा हामीले अगाडि बढ्ने कुरा के हो भने निरंकुश प्रवृतिलाई नियन्त्रण गर्ने हो,’ उनले भने। नेपालले ओली समूह अराजक भएको भन्दै अखिल फोर्स अराजक हुन नहुने बताए। अखिल फोर्सको नामले गलत सन्देश दिने भएकाले नाम बदल्न सकिने बताए। कसैमाथि आक्रमण गर्नका लागि फोर्स गठन नभएको नेपालको भनाई थियो।’सबैलाई अराजक नहौं भनेर भन्ने हो। मै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्ने हो,’ नेता नेपालले भने,’क्याम्पस, क्याम्पसमा रचनात्मक काम गर्नुस्। अप्ठेरोमा परेका जनतालाई सहयोग गर्नुस्,’ उनले भने।

अखिल फोर्सलाई मर्यादित हुन पनि नेपालले निर्देशन दिएका छन्। उनले इमान्दार बन्न आग्रह गरे। नेपालले ओलीको छाडा प्रवृत्ति नसिक्न पनि आग्रह गरेका छन्।’आवाज उठाउनुस् आँखा र कान बन्द नगर्नुस्। मर्यादित संस्कारलाई ग्रहण गर्नुस्। अरुको छाडा प्रवृतिलाई ग्रहण नगर्नुस्। हामी गलत प्रवृत्तिका विरोधी हौं। जनता र समाजप्रति इमान्दार भावना भएका मानिस हौं। इमान्दारीता निष्ठा र सम्पर्ण तपाईँ हाम्रो बाटो हुनुपर्छ,’ उनले भने।

संविधान जोगाउनका लागि २२ जना सांसदहरुले योगदान गरेको भन्दै नेपालले आफूहरुको कारण राजतन्त्र ढलेको बताए। उनले ओलीलाई फेरि प्रधानमन्त्री हुन षड्यन्त्र नगर्न चेतावनी दिए। अहिलेको सरकारले राम्रा काम गर्नुपर्ने बताएका नेता नेपालले राजतन्त्र ल्याउने कसैले सपना देखे त्यसलाई ढाल्ने चेतावनी दिए।

‘जनताले राजतन्त्र ढालेका छन्। कसैले राजतन्त्र ल्याउने प्रयास गर्‍यो भने फालिने छ। यो संविधानको रक्षा गर्छौ हामी,’ नेता नेपालले भने, ‘सर्वोच्च अदालतले गरेको फैसलाले गलत कामलाई सच्याउने काम भएको छ। र, ती सबै सांसदहरुले प्रतिनिधिसभाको रक्षा गर्न भोट खसालेर रोकेका छन्। यो सरकारले राम्रो काम गर्न सकोस्। फेरि प्रधानमन्त्री हुन पाइन्न कि भनेर कसैले जालझेल नगरोस्।’

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार