• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ श्रावण १७ गते आइतवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ साउन १७ गतेआइतवार, १ अगस्ट २०२१। श्रावण कृष्णपक्ष अष्टमी तिथि, ८ः२५ बजेदेखि नवमी। भरणी नक्षत्र,२०ः५२ बजेदेखि
कृत्तिका। चन्द्रराशि– मेष। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:४३ बजे, चन्द्रास्त : दिउँसो ११:५३ बजे

र चन्द्रोदय : मध्यरात्रीपछि १२:०१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । शेयर बजारको लगानी राम्रै हुनेछ । छोटो र लाभदायक यात्रा पनि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफन्तले सहयोग गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्य, रोजगार वा नयाँ कामको अवसर मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शेयर बजारको लगानीले पनि राम्रै हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक आस्था बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ काममा हात हाल्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्म, कर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । नयाँ कामको थालनी हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । शुभ तथा नयाँ कार्यको योजना बन्नेछ । प्रेम सम्बन्ध पनि राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार