• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

रविन्द्र मिश्रको काउन्टरमा पाण्डेसहित ४ नेताले ल्याए अर्को प्रस्ताव


काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र ले ल्याएको दस्तावेज को विपक्षमा संयोजक मिलन पाण्डेसहितका नेताहरुले
अर्को प्रस्ताव ल्याएका छन्।पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाको नामबाट नयाँ प्रस्ताव सार्वजनिक

गरिएको हो ।‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको प्रस्तावमा अध्यक्ष मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने जिकिर गरिएको छ र गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र सङ्घीयतामा सुधारको वकालत गरिएको छ ।साथै, तिनै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैरसंसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्थामा जानुपर्ने उनीहरूको प्रस्ताव छ । प्रस्तावमा भनिएको छ, ‘पात्रहरुको अक्षमताले प्रणालीलाई दोष देखाएर नागरिकको अवस्था बदल्न बनेको पार्टीलाई पुनः व्यवस्था परिवर्तनको नाममा अन्त्यहिन अस्थिरताको खेलमा लैजान सक्दैनौँ ।’अध्यक्ष मिश्रले पार्टीमा छलफल नगरी ११ साउनमा संघीयता खारेजी र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह हुनुपर्ने मागसहितको दस्तावेज सार्वजनिक गरेका थिए ।

काठमाडौंमा सभा, सम्मेलन र जुलुस नगर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाडजन्य क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझै बढ्ने बताएको छ ।

यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीले बताए ।‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गरिन्छ’ प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार