• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

वि.सं. २०७८ श्रावण २० गते बुधवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ साउन २० गते, बुधवार, ४ अगस्ट २०२१।श्रावण कृष्णपक्ष एकादशी तिथि, १४ः१८ बजेदेखि द्वादशी। मृगशिरा नक्षत्र।
चन्द्रराशि– वृष, १५ः१९ बजेदेखि मिथुन। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:४० बजे, चन्द्रास्त : दिउँसो

०२:४९ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:५१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०६:५० बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । कला र गलाको प्रभाव बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र घरमा अतिथिको आगमन हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । पैतृक सम्पत्तिमा विवाद बढ्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभ कार्यमा सरिक भइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा पनि सुधार आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सेवा गर्ने अवसर मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता मिल्ला । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धर्म कर्ममा रुचि बढ्ने छ । शुभ समाचार सुन्न पाइएला । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । स्वइच्छा भोजन पनि मिल्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार