• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

एमाले एकतामा प्रचण्ड–माधव मायाजालको कमाल, ओली–माधवले चाहेर हुँदैन, एमाले एक हुन प्रचण्डले चाहनुपर्छ


काठमाडौँ – एमाले विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद गराउन दोस्रो तहका
नेता सक्रिय छन् । जसकै प्रतिफल स्वरुप आज दुबै शीर्ष नेताबीचको भेटवार्ता तय भएको थियो । तर अन्तिम समयमा आएर वार्ता टरेको छ । जसमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भूमिकालाई समेत अर्थपूर्ण मानिएको छ । नेकपा एमालेमा मौलाउँदै गएको विवाद समाधानका लागि अब अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले मात्रै चाहेर नहुने भएको छ ।एमाले सिङगो रहन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चाहनुपर्ने अवस्था देखिएको छ । किनकि जबजबएमाले विवाद निर्णायक तहमा पुग्छ वा ओली–नेपालबीच वार्ता र संवाद हुने कार्यतालिका तय हुन्छ, त्यसअघि नै प्रचण्डको सक्रियता लगालग बढ्छ ।अझ भन्ने हो भने, माधवले ओलीसंग वार्ता थाल्नु अघि नै प्रचण्ड सुटुक्क नेपाल निवास कोटेश्वर पुगेर छलफल चलाई हाल्छन् । मंगलबार पनि पार्टीभित्रको विवाद समाधान गर्न ओली र नेपालबीच भेटवार्ता तय भएको थियो । तर त्यसअघि नै प्रचण्ड माधव नेपाललाई भेट्न कोटेश्वर पुगे ।दोस्रो तहका नेताहरुको सक्रियता र दबाबकै कारण ओली–नेपाल संवादका लागि तयार भएपनिप्रचण्डको भेटपछि भेटवार्ता स्थगित कतिपय नेताहरुले बताइरहेका छन् ।

यसअघि पनि नेकपा एमालेका नेता तथा माधव नेपाल पक्षकोतर्फबाट कार्यदलको संयोजक बनेका डा. भीम रावलले प्रचण्डले एमाले फुटाउन लागिपरेको आशय व्यक्त गरेका थिए । आइतबार माओवादी केन्द्रको पार्टी कमिटी बैठकमा समेत प्रचण्डले माधव पक्ष एमालेमै रहने भयो भन्दै चिन्ता व्यक्त गरेको नेताहरुले बताएका थिए ।ओलीलाई सरकारबाट बहिर्गमित गरेर आफु अनुकुलको सरकार बनाउन सफल भएका प्रचण्डलाई माधव नेपालले सघाएका थिए ।जसकै कारण माधव पक्षलाई सरकारमा सामेल गराउन प्रचण्ड पनि लागिपरेका छन् । किनकि माधव नेपाल सरकारमा सामेल भए एमाले विवादले नयाँ रुप लिने मात्रै होइन, विभाजनमै पुग्ने आँकलन प्रचण्डको हुनसक्ने विश्लेषण भइरहेका छन् ।

स्थायित्व र समृद्धिको नारा दिएर झण्डै दुईतिहाई बहुमतको सरकार चलाउँदा निवर्तमान प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसंग अधिकांश राजनीतिक दल र तिनकानेताहरु हायलकायल हुन्थ्ये ।ओलीले चाहे पार्टी फुटाई दिन सक्छन् भन्ने त्रास समग्र राजनीतिक दलमा थियो । त्यो त्रास ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर तत्कालिनसमाजवादी पार्टी फुटाउन खोजेपछि झनै बलियो बनेको थियो । तर अहिले आफ्नै पार्टी विभाजनको संघारमा रहेका बेला माधवसंगको पुनर्मिलन ओलीका लागि कठोर बन्दै गएको छ । जसमा स्वयं ओलीको भूमिका पनि कम्ताको छैन ।

एकताका लागि भन्दै दैनिक अभिव्यक्ति परिवर्तन गर्ने ओलीले कहिले माधव पक्षलाई कारबाहीको चेतावनी दिन्छन् भने कहिले पार्टीमा ठाउँ नभएको भन्दै गद्दार र देशदोह्रीको नारा लगाउँछन् । झन दोस्रो तहका नेताहरुले एकताको हरसम्भव प्रयास गरिरहेकै बेला सोमबारको बैठकमार्फत ओलीले पार्टीका सबै विभागमा आफ्नो पक्षमात्र हुलेर संरचना निर्माण गरेका छन् ।

दुबै शीर्ष नेताका यस्तै कार्यले विगतमा भएका मेरियटदेखि बुढानिलकण्ढसम्मका संवादले सार्थकता पाएका थिएनन् । अहिले पनि रवैया उस्तै देखिएपछि एमालेको एकता थप कमजोर बन्दै गएको छ ।
हेर्नुस भिडियो

स्रोत : योहो टेलिभिजन।

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार