• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

नेपाल पक्षले ओलीलाई भन्यो : सदस्यता नवीकरण र अधिवेशन प्रक्रिया रोक्नुस्


काठमाडौं । नेकपा एमाले को माधव कुमार नेपाल पक्षले अधिवेशन प्रक्रिया रोक्न माग गरेको छ । बिहीबार देखि शुरु भएको आफ्नो
समूहका केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधव नेपालले पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताएका छन्।

नेता रघुजी पन्तका अनुसार १० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरुलाई भनेका छन् । १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ ।
माधव नेपाल पक्षको पहिलो दिनको बैठक सकियो, भोलि पुनः बस्ने
नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा बिहीबारदेखि सुरु भएको छ । आजको पहिलो दिनको बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, साविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी,

अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतका केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए । उनले केन्द्रीय सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको भन्दै शुक्रबार साढे ११ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधव कुमार नेपालले एकता र वार्ताको प्रक्रिया अघि बढिरहेको भन्दै केही विषयमा सहमति भएको र केहीमा अझै वार्ता भइरहेको जानकारी दिएको पन्तले जानकारी दिए । नेपालले एकता आफूहरुको इच्छा र चाहना भएको पनि बताएका थिए ।तर एकता सम्मानजनक हैसियतमा मात्रै हुनसक्ने नेपालको भनाइ थियो ।

पन्तले कोरोना नियन्त्रण प्रभावकारी बनाउन, बाढी पहिरोबाट पीडित भएकाहरुलाई राहत र क्षतिपुर्ति दिन तथा महाकाली घटनाका बारेमा सत्यतथ्य बाहिर ल्याउन नेता नेपालले सरकारलाई सुझाव दिएको पनि बताए । यस्तै बिहीबारको बैठकमा नेकपा एमाले कार्यदलका सदस्य भीम रावलले १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ समेत गरेका थिए ।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार