• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले फुटाउन माधवलाई आकर्षक अफर, चुनावपछि प्रधानमन्त्री बनाउने, रोजेकै मन्त्रालय दिने (भिडियोसहित)


काठमाडौँ – पार्टी एकता को दबाब र सत्ता गठबन्धनसंगको सहकार्यलाई लिएर वारपारको अवस्थामा रहेका एमाले वरिष्ठ नेता माधव
कुमार नेपाल थप अन्योलमा परेका छन् ।एमाले एकता गरेर जाने कि गठबन्धनसंग मिलेर सरकारमा सामेल हुने भन्ने बारे निर्णय गर्न नसकेका नेपालले

आफु पक्षिय नेतासंग घनिभूत छलफल चलाइरहेका छन् ।नेकपा एमालेमा कि वार कि पारको छिनोफानो लगाउनुपर्ने अवस्थामा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाईचुनावपछिको प्रधानमन्त्रीदेखि उच्चस्तरिय राजनीतिक संयन्त्रको नेतृत्व गर्न दिने लगायतका १२ दर्जन बढी अफर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेका छन् ।आफ्नै पार्टीमा विद्रोह गरेर प्रमुख प्रतिपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउन अहम् भूमिका खेलेका नेपाललाई त्यसकै प्रतिफल स्वरुप गठनबन्धनले अफर गरेको हो । अफर पछि नेता नेपालले अब ओलीसंग सहकार्य गर्ने कि अवसरलाई ग्रहण गर्दै गठबन्धनमा सामेल हुने सिघ्र छिनोफानो गर्नुपर्ने भएको छ । तर सत्ताधारी गठबन्धनको अफर र पार्टी एकता नै गर्नुपर्ने आफ्नै पक्षका नेताहरुको दबाबकाबीच नेता नेपाल चेपुवामा परेका छन् ।

यसकै छिनोफानो लगाउन नेपालले विहिबार देशभरबाट केन्द्रीय कमिटी सदस्यहरुलाई बोलाएर काठमाडौंको एक होटल घनिभूत छलफल गरे । तर निष्कर्ष निस्कीएन । किनकि स्थायी कमिटीदेखि केन्द्रीय कमिटी सदस्यहरुले सरकारमा सामेल हुने भन्दा पार्टी एकतामै लाग्नुपर्ने दबाब दिइरहेका छन् ।नेता नेपाललाई चुनावपछिको प्रधानमन्त्री र सरकारलाई सहज पार्न तथा विवाद समाधानका लागि बनाइने उच्चस्तरिय संयन्त्रको संयोजकसहित सरकारमा रोजेकै ६ मन्त्रालय, ६० प्रतिशत राजनीतिक नियुक्ति र एमाले फुटाएर बनाउने समाजवादी केन्द्र नामको पार्टी अध्यक्ष बनाउने प्रस्ताव प्रचण्डसहितका नेताहरुको छ ।

नेपाल पनि देउवा र प्रचण्डसहितको गठबन्धनमा लामबद्ध भएर सरकारमा जाने तयारीमारहेको र यसकै लागि मन्त्रिमण्डल विस्तारलाई केहीदिन रोक्न आग्रह गरेको गठबन्धनका नेताहरुले बताउँछन् । तर उनका लागि आफ्नै पक्षका नेताहरु बाधक बन्ने देखिएको छ ।विहिबारको छलफलमा समेत माधव पक्षको तर्फबाट विघटित कार्यदलको सदस्यसमेत रहेको नेता सुरेन्द्र पाण्डे र अर्का नेता योगेश भट्टराई सहभागी भएनन् । उनीहरु गठबन्धनसंगको सहकार्य तोडेर पार्टी एकतामा लाग्नु पर्ने मत राखिरहेका छन् । उता माधव नेपाल पक्ष सरकारमा जाने चर्चा चलिरहेका बेला ओली पक्ष भने पख्लास् भन्ने अवस्थामा छ ।

सत्ताधारी गठबन्धनले आगामी चुनावसम्मै मिलेर जाने सहमति गरेको छ । जुन लिखित रुपमा बाहिरीन मात्रै बाँकी छ । एमाले फुटाएरै माधव पक्षलाई स्वागत गर्ने गरि प्रचण्डले साउन यतामात्रै नेपाललाई १० पटक भेटवार्ता गरेका छन् । तर आफ्नै पक्षको चर्काे दबाब र दोस्रो अध्यक्ष बनाएर जाने ओलीको प्रस्तावमा समेत लोभिएका नेता नेपाल अन्योलमा परेका छन् । यद्यपी जता ढल्कीएपनि वारपार नै गर्नुपर्ने अवस्थाका बीच चाँडै निर्णय लिनुपर्ने बाध्यता नेपाललाई आइपरेको छ ।

भिडियो

स्रोत : योहो खबर / योहो टिभी

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार