• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

‘ओलीमुक्त एमाले’ माधव नेपाल समूहको अडान : माफी माग्न एक हप्ताको समय


काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई माफी माग्न
एक हप्ता को’अल्टिमेटम’ दिने तयारी गरेको छ। ओलीले पार्टीमा पुर्याएको क्षति, प्रतिनिधिसभा विघटन र हाल सम्म गरेका गल्तीका लागि माफी माग्न

समय दिने तयारी गरिएको माधव समूहका नेता मेटमणि चौधरीले जानकारी दिए।चौधरीले केन्द्रीय कमिटीको बैठकमा सरकारमा जाने र पार्टी एकताको प्रयास जारी राख्ने बारेमा छलफल भएको बताए। तर, ओलीको नेतृत्वमा एकता हुन नसक्ने धेरैको मत रहेको उनले बताए। नेता नेपालले साउन २४ गते सम्म एकताको काम सक्न वार्ता टोलीका नेतालाई निर्देशन दिएको उनले बताए।केपी शर्मा ओलीलाई अध्यक्ष मानेर जान सकिँदैन भनेर धेरैले भन्नुभएको छ। वार्ता टोलीलाई २४ गतेसम्म काम सक्न भनिएको छ ‘उनले भने।यस्तै, माधव समूहका नेता विरोध खतिवडाले पनि ओली मुक्त एमाले बनाउने गरि छलफल भइरहेको बताए।

‘ओलीलाई स्वीकारेर जाने हो भने हामी हिजोको एमाले बनाउन सक्दैनौ। ओलीले गल्ती स्वीकारेर अध्यक्ष छोडे हामी पार्टी चलाउँछौ। नभए ओली भुरे टाकुर भएर बस्छन्। हामी एमालेलाई अगाडी लिएर जान्छौ’ खतिवडाले भने।केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले बिहीबार र शुक्रवार पार्टी एकता विवादबारे आआफ्नो धारणा राखेका थिए। सदस्याहरुले बोल्ने क्रम सकिएपछि हाल नेता नेपाल सहित शीर्ष नेता छुट्टै छलफलमा जुटेका छन्।

नयाँ पार्टीको योजना छैन
नेता सोम पाण्डेले भने ओली र नेपालीबिच धेरै दुरी भएपनि नयाँ पार्टी खोल्ने योजना नभएको सुनाए।’तत्कालका लागि सरकारमा जाने सम्भावना छैन्। तर सहमतिको सरकारका लागि हाम्रो पुरै पार्टीले निर्णय गरेर सहमतिको सरकार बनाउन सकिन्छ। नयाँ दल गठन भएर सरकारमा जाँदा पनि सांसद पद जान्छ त्यसैले सरकारमा जान कठिन छ।

अहिले दल गठन सम्म नपुग्नुको कारण पनि त्यहि हो’ उनले भने।नेपाल समूहको अन्तिम निर्णय पर्खिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार