• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ


राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालय ले गरेको आन्तरिक
मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट

प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ । नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । त्यसैगरी www.see.gov.np www.neb.gov.np www.theconnectplus.com बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । त्यस्तै www.see.edusanjal.com www.see.ntc.net.np www.ekantipur.com www.ncell.axiata.com बाट पनि नतिजा थाहा पाउन सकिनेछ । देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।

विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो ।विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए ।उनले भने, ‘हामीले विद्यालयले पठाएको मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले जीपीए छुट्याएर विश्लेषण गर्न बोर्डले आवश्यक ठानेन ।’

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ ।
बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बताएको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थाबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कन्सेपट प्लस, एडुसञ्जाल, नेपाल टेलिकम, ईकान्तिपुर र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार