• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

ओली पक्षको पछिल्लो क्रियाकलाप विभाजनतर्फ उन्मुख भन्दै माधव नेपालले आफ्नो समुहलाई दिए एस्तो निर्देसन


नेकपा एमालेमा एकताका लागि वार्ता प्रक्रिया जारी रहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षले एक पक्षीय ढङ्गले विधान संशोधन लगायतका पार्टी गतिविधि नरोकेपछि
वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पनि देशैभर समानान्तर गतिविधि सञ्चालन गर्ने भएको छ । सोमबार बसेको अध्यक्ष ओली पक्षको केन्द्रीय समिति बैठकले विधान संशोधन प्रस्ताव

पारित गर्दै आगामी भदौ २७ र २८ मा विधान महाधिवेशन गर्ने प्रक्रिया सुरु गरेको थियो ।ओली पक्षले पार्टीको सङ्गठनात्मक संरचनामा समेत उथलपुथल आउने गरी विधान संशोधनको मस्यौदालाई एकतर्फी रूपमा अगाडि बढाएपछि वरिष्ठ नेता माधव नेपाल थप आक्रोशित बन्दै आफ्नो पक्षका नेता कार्यकर्ताहरूलाई देशभर स्थानीय तहदेखि केन्द्रसम्म भेला, प्रशिक्षण सञ्चालन गर्नुका साथै समानान्तर पार्टी कमिटीहरू निर्माण र विस्तार गर्न निर्देशन दिएका छन् । सोमबार ओली पक्ष एकतर्फी ढङ्गले अघि बढ्ने निर्णय गरेपछि नेता नेपालले आफू पक्षीय केही स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँगको छलफलमा निर्देशन दिएका हुन् ।ओलीका क्रियाकलाप पार्टी एकता जोगाउने भन्दा पनि विभाजनतर्फ नै उन्मुख छन् । अब राजनीतिक कोर्स नयाँ ढङ्गले अगाडि बढ्छ । संविधान, कानुन र नियमअनुसार पूरा गर्नुपर्ने प्रावधान पूरा गरेर हामी अगाडि बढ्नुपर्छ,’ ‘तपाईंहरु गोलबद्ध भएर वडा तहदेखि केन्द्रसम्म पार्टीका गतिविधि सञ्चालन गर्न केन्द्रित हुनुस्’, नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले रातोपाटीसँग भने, ‘हामीले अव समानान्तर गतिविधि निरन्तर जारी राखेरै जानुपर्छ । यदि केपी ओली हामीलाई एउटा कित्तामा पु–याउन खोज्छन् भने हामी विकल्पको निम्ति तयार हुनुपर्छ ।’

माधव पक्षकै अर्का नेता गङ्गालाल तुलाधरले आफूहरू अन्तिम समयसम्म पनि पार्टी एकताकै पक्षमा उभिएको तर ओली एकताको पक्षमा नभएको बताए । ‘तर ओली पक्ष यसरी अघि बढ्छ भने आवश्यक निर्णय गर्न हामी पनि पछि पर्दैनौ’, तुलाधरले भने, ‘ओली आफैले गरेका प्रस्तावहरूबाट समेत पछि हटेका छन् । यसले उनी पार्टी फुटाएरै आफू सुरक्षित हुन खोज्दैछन् भन्ने बुझिन्छ ।’विभाजनतर्फ उन्मुखओलीको एक पक्षीय निर्णयले पाँच महिनादेखि जारी एमाले विवाद अब विभाजनतिर उन्मुख भएको पनि नेपाल समूहको निष्कर्ष छ ।

‘एकताका लागि वार्ता प्रयास जारी रहेका बेला ओली पक्षले सोमबार केन्द्रीय कमिटीबाट विधान संशोधन मस्यौदा पारित गरेपछि एमालेमा एकताको प्रयास कमजोर र विभाजनको सम्भावना बलियो बनेको देखियो’, नेता तुलाधरले भने, ‘ओली एकता चाहँदैनन्, पार्टी विभाजन नै चाहन्छन् भन्ने सोमबारको निर्णयले पुष्टि गरेको छ, यस्तो अवस्थामा हामी पनि चुप लागेर बस्ने कुरा हुँदैन हामी हाम्रा गतिविधि देशभर सक्रिय बनाउँछौ ।’यता ओली पक्षले भने नेपाललाई समान हैसियतको अध्यक्ष दिन नसकिने निष्कर्षसहित एकताका नाममा समय नखर्चने रणनीति बनाएको छ ।

ओली पक्षका एक स्थायी कमिटी सदस्यका अनुसार अध्यादेशको बलमा नेता नेपालले नयाँ पार्टी बनाउने प्रयास गरेकाले संस्थापन पक्षले सङ्गठनात्मक गतिविधि सहितको पुनर्संचनाका लागि विधान संशोधनको पहल थालेको हो ।ओली पक्षले संवादका नेपाल समूहलाई नपर्खने र एकताको वार्ताका लागि पहल पनि नगर्ने नीति समेत लिएको छ । ‘एकताको ढोका खुलै हुन्छ, तर अव त्यति धेरै पहल पनि गर्न जरुरी छैन र कसैलाई पर्खेर बस्ने अवस्था पनि छैन भन्ने निष्कर्ष हाम्रो छ,’ ओली पक्षीय केन्द्रीय सदस्य शेरबहादुर तामाङको भनाइ छ ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार