• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

कसैको टाङमुनि छिर्दैनौं, ‘फ्लोर क्रस’ गर्नेलाई जिताउने जिम्मा मेरो ! माधव नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्य बाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन दिएका
छन् ।महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसद कारबाहीमा परेका छन् । उनीहरुb मध्ये एक अम्बरबहादुर थापा उपस्थित कार्यक्रममा नेता

नेपालले चार सांसद गलत कुराविरुद्ध उभिएको बताए ।यसले प्रदेशसभा सदस्य पद धरापमा परेको भन्दै उनले भने, मैले भनेको छु, यदि तपाईहरुको सदस्यता खारेज भयो र उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ ।’पार्टीमा देखिएको विवादतर्फ संकेत गर्दै उनले शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने बताए । नेता नेपालले भने, ‘अँध्यारो सुरुङमा जाने बेला छैनौं । दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई माथ गरेर नै अगाडि बढ्नेछौं ।

कसैको टाङमुनि छिर्दैनौं : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमारले केपी ओलीतर्फ सङ्केत गर्दै कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताएका छन् । मंगलबार नयाँ बानेश्वरमा अनेरास्ववियुले गरेको एक कार्यक्रममा प्रमुख अतिथि बनेका नेता नेपालले केपी ओलीसँग नझुक्ने सङ्केत गरे । आफूहरूले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने नेता नेपालले स्पष्ट पारे ।

‘हामी कसैसँग शीर निहुर्याउँदैनौं, कसैको टाङमुनि छिर्दैनौँ, गलत र दम्भीसँग डराउँदैनौ,’ नेता नेपालले भने, ‘दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहन्छौँ, यो हाम्रो अठोट हो । दम्भी, घमण्डी र अत्याचारी नभएर असल मान्छेको देशलाई आवश्यकता छ ।’

‘फ्लोर क्रस’ गर्नेलाई जिताउने जिम्मा मेरो !
अखिलको कार्यक्रममा कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने एमाले नेता अम्बरबहादुर थापासमेत उपस्थित थिए । उनीतर्फ सङ्केत गर्दै नेता नेपालले भने, ‘तपाईंहरुले फ्लोर क्रस गरेर संस्था (प्रदेशसभा) जोगाउनुभयो, तपाईंहरुमाथि कारबाही भएछ भने पनि आगामी चुनावमा जिताउने जिम्मा मेरो भयो ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार