• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

जनविरोधी सरकार अन्तर्गत रहेर काम गर्न नसकिने भन्दै महाप्रबन्धक भट्टराईले दिए राजीनामा


काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराई ले राजीनामा दिएका छन् । उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेकोभन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन्।अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उनले यस्तो सरकार

अन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।भट्टराईलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । तर शेरबहादुर देउवा नेतृत्वमा सरकारले उनलाई साउन २२ गते स्पष्टीकरण सोधेको थियो ।भट्टराईले आफूले नियुक्ति लिएदेखि इमान्दारीपूर्वक काम गरेर जनकपुर जयनगर कुर्था खण्डमा रेल सञ्चालनको तयारी पूरा गरेको बताएका छन् ।भट्टराइले आफ्नो राजीनामा पत्रमा गठबन्धन सरकार र तिनका नेताहरुले पदीय जिम्मेवारीभन्दा बाहिर गएर असान्दर्भिक विषय जोड्दै मौलिक हक र वाकस्वतन्त्रता कुण्ठित गर्ने ढंगले आफुलाई सफाइ पेश गर्न निर्देशन दिएकाले राजीनामा गरेको बताएका छन् ।

हेर्नुहोस् राजीनामा पत्र

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार