• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका कुलप्रसाद केसीको दाबी : ४२ सांसदको हस्ताक्षर


लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री का लागि नेकपा माओवादी केन्द्रका प्रदेश सभा संसदीय दलका नेता कुल प्रसाद केसीले दाबी पेस गरेका छन् । आफ्नो समर्थनमा
प्रदेशसभाका ४२ सदस्यको ४२ सांसदको हस्ताक्षरसहित केसीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।उनको पक्षमा नेकपा माओवादी केन्द्रका

१९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् ।प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए । सोही अनुसार काँग्रेस, माओवादी केन्द्र, जसपासहितका गठबन्धनले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका हुन् ।

हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही पनि गठबन्धनमा मिसिए
लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ ।

माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए ।

लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन् । आजै सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने केसीको तयारी छ ।

अल्पमतमा परेपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार