• २०८१ कार्तिक २ गते शुक्रवार
  • Preeti To Unicode

लुम्बिनीको गठबन्धनलाई सघाउने दुई सांसदलाई एमालेले कारबाही गर्ने


नेकपा एमालेले लुम्बिनी प्रदेशको गठबन्धन लाई सघाउने दुई जना सांसद लाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएको छ।सूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका
सांसद अजय शाही र तत्कालीन नेकपा को सूर्य चिन्ह बाट जितेकी विमला ओलीले गठबन्धन को तर्फबाट मुख्यमन्त्री मा प्रस्ताव गरिएका कुलप्रसाद केसीको निवेदनमा हस्ताक्षर गरेपछि

उनीहरूलाई एमालेले कारबाही प्रक्रिया अगाडि बढाएको हो। एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले ओलीलाई यसअघि नै स्पष्टीकरण सोधी थप कारबाहीको लागि पार्टी केन्द्रबाट आइसकेको र शाहीलाई बिहीबार नै पत्र दिएर स्पष्टीकरण माग गरिएको जानकारी दिए।ढकालका अनुसार ओलीलाई कारबाहीको लागि पार्टी केन्द्रबाट स्वीकृत भएर आइसकेकाले तत्काल अगाडि बढाइने छ भने शाहीलाई पनि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।शाही बुधबार बसेको प्रदेशसभा बैठकमा समेत पार्टी निर्णयविपरीत सहभागी भएको ढकालले बताए।बुधबार बसेको एमाले संसदीय दलले प्रदेशसभामा सहभागिता नहुने भनी निर्णय गरेको थियो।ओली निर्वाचित हुँदा एमाले र माओवादी केन्द्र एकता भई नेकपा भइसके पनि सूर्य चिन्हबाट निर्वाचित भएकोले फागुन २३ को नेकपा विभाजनको फैसलापछि एमाले रोजेर संसदीय दलको बैठकमा समेत सहभागी भएकी थिइन्।

एमाले संसदीय दलले सोही बैठकको उपस्थितिमा हस्ताक्षर गरेको प्रमाणसहित कारबाही प्रक्रिया अगाडि बढाएको हो।हृदयेश त्रिपाठी समूहका शाही पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ ‘ख’ बाट सूर्य चुनाव चिन्हमा उठेर निर्वाचित भएका थिए। यसअघि कपिलवस्तुबाट सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका दृग नारायण पाण्डेयले भने यसअघि नै प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका थिए।

ओलीले जस्तै शाहीले पनि वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरूद्धको अविश्वासको प्रस्ताव पेश गर्ने समयमा पनि हस्ताक्षर गरेका थिए। त्यतिबेला संघीय सरकारमा मन्त्री रहेका हृदयेश त्रिपाठीले फोन गरेपछि अर्कोदिन पुनःएमालेमै रहेको विज्ञप्ति सार्वजनिक गरेका थिए ।

१९ गते शाहीसँगै गठबन्धनलाई समर्थन गर्दै हस्ताक्षर गरेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव भने गठबन्धन छोडी एमालेमा फर्किएका थिए। उनी शंकर पोखरेल नेतृत्वको सरकारमा शिक्षा तथा सामाजिक मन्त्री बनेका थिए। सोही कारण एमालेप्रति असन्तुष्ट रहेका शाहीले यसपटक गठबन्धनलाई समर्थन गरेको हुन्।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार