• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

देउवाको भिडियो ले कांग्रेसमा हलचल: महतको आपत्ति, प्रवक्ता शर्माले ‘मिडिया स्टन्ट’ गरेको आरोप, भएको के थियो ? हेर्नुस्


काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए पछि सबै भन्दा बढी चर्चामा आएको विषय हो – मलाई शेर बहादुर देउवा मलाई मनपर्छ,
किनभने.. शीर्षकको भिडियो सिरिज।देउवा सचिवालयले देउवाका राम्रा कामको प्रचार गर्न भन्दै थालेको यो भिडियो प्रचारले सकारात्मक भन्दा पनि नकारात्मक प्रतिक्रिया बढी बटुल्न

थाल्यो। दुई – तीन भिडियो बनेर सामाजिक सञ्जालमा राखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता देउवा सचिवालयमाथि खनिन थाले।यो प्रतिक्रिया सामाजिक सञ्जालका सामान्य प्रयोगकर्ता माझमात्र सीमित रहेन। कांग्रेस वृत्तमै देउवा सचिवालयको विरोध हुन थाल्यो। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत भिडियो गाइजात्राको संज्ञा दिँदै तत्कालै यो बन्द गर्न अपिल गरे।देउवाको सचिवालयलाई महामन्त्री खड्काको अपिल : भिडियो गाइजात्रा बन्द गर देउवा सचिवालयको प्रचारशैलीप्रति कांग्रेस प्रवक्ता असन्तुष्ट, ‘काम राम्रो भए जनताले बनाउने छन् भिडियो’दुई नेताले सामाजिक सञ्जालमा वाहावाही पाए। यही विषयले कांग्रेस पदाधिकारीभित्र पनि प्रवेश पायो।सोही विषयलाई सहमहामन्त्री डा प्राकशशरण महतले भने बचाउ गरेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आए। ती समाचारमा आफ्नो भनाईलाई तोडमोड गरेको भन्दै महतले भने आपत्ति जनाएका छन्। शुक्रवार बिहान प्रेस नोट जारी गर्दै महतले सुनियोजित समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन्।’मैले प्रधानमन्त्रीको उपस्थितिमा सीमित निकटस्थ सहयोगी र नेताहरुका बिचमा राखेका कुरालाई जोडेर शेरबहादुर देउवा किन मलाई मन पर्छ भन्ने भिडियोको पक्षमा बोल्यो भन्दै नभनेको कुरा संचार माध्यमहरुमा एक पछि अर्कोगरि सुनियोजित रुपमा सम्प्रेषण गरिएकोमा

मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रेस नोटमा महतले भनेका छन्।महतले आफूले पनि तथ्यगत कुरा राखेर भिडियोलाई भिन्न तरिकाले प्रस्तुत गर्न सकिने धारणा राखेको दाबी गरेका छन्। ‘प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहुँदा गरेका राम्रा कामहरुलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेकोभन्दा तथ्य र आधारसहित परिपक्क र भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको छ,’ महतले थप भनेका छन्, ‘प्रधानमन्त्री वा उहाँको सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानि गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थहरुले सीधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने र त्यसका लागि सामाजिक संजालको सहयोग लिनुपर्ने अवस्था के परिस्थितिले आईपरेको हो भनेर उक्त छलफलमा मैले जिज्ञासा मात्र राखेको हुँ। नेतृत्व तहबाट कुनै कमी कमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिक रुपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु।’

छलफलका क्रममा भन्दै नभनेका कुरारालाई तोडमोड हुनु दुर्भग्यापूर्ण भएको उनको भनाई थियो। ‘छलफलका क्रममा भन्दै नभनेको कुरालाई यसरी तोडमोड गरी संचार माध्यममा त्यहीभित्र बाट सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण भएको सबै सरोकारवाला, पार्टीका समर्थक र सुभचिन्तकहरुमा निबेदन गर्दछु,’ महतले भनेका छन्।

भएको के थियो ?
बुधवार कांग्रेस देउवासहित कांग्रेसका नेताहरु देउवा निवास बुढानिलकण्ठमा जुटेका थिए। पार्टीको १४ औं महाधिवेशनको कार्यतालकिका संशोधन गर्न डाकिएको केन्द्रीय समितिको पूर्व सन्ध्यामा पदाधिकारी र शीर्ष नेताहरुको भेटमा देउवाको भिडियोबारे चर्चा चल्यो।भिडियोबारे नकारात्मक प्रतिक्रिया आएकोमात्र नभएर सचिवालयले गलत तथ्य राखेको विषयमा प्रवक्ता शर्मालगायतले देउवालाई ध्यानाकर्षण गराएका थिए। तर सहमहामन्त्री डा प्रकाशशरण महतले भने यस्तो विषयमा सीधै सभापति देउवासँग कुरा नराखी महामन्त्री खड्का र प्रवक्ता शर्माले सामाजिक सञ्जालमा राख्न नहुने तर्क गरेका थिए।

सहमहामन्त्री महत देउवा निकट नेता हुन्। भिडियोबारे महामन्त्री खड्का र प्रवक्ता शर्माले आपत्ति जनाएपछि महतले भने भिडियोबारे बचाउ गर्दै बोलेको समाचार बाहिर आएको थियो। सहमहामन्त्री महतले प्रधानमन्त्री देउवाबारे गलत सन्देश जाने गरी ट्वीट गर्न नहुने सुझाव दिएको सामाचारमा उल्लेख थियो।सोही विषयमा विभिन्न सञ्चार माध्यममा समाचार पनि बने। ती समाचारमा आफ्नो भनाईलाई तोडमोड गरेको भन्दै महतले आपत्ति जनाएका हुन्। महत निकट नेताहरुले प्रवक्ता शर्माले आफू पक्षीय पत्रकारलाई भनाई नै तोडमोड गरी स्टन्ट गर्न खोजेको आरोपसमेत लगाएका छन्।

उक्त घटनाप्रति लक्षित गर्दै नेविसंघका पूर्व प्रवक्ता प्रेमराज जोशीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रवक्ताको काम पार्टी नेतृत्वसँग छलफल गरी निष्कर्ष बाहिर ल्याउने हो कि आफू अनुकुल स्टन्ट गर्ने हो?’यसरी प्रधानमन्त्रीको सचिवालय गठन हुनुपूर्व नै सचिवालय र पार्टीमा देउवा निकट नेताहरुबीच नै टसल बढ्नुलाई केही नेताहरुले अस्वभाविक भएको बताएका छन्।

स्रोत : पहिलो पोस्ट।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार