• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

काँग्रेसका २२ जना केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा


काठमाडौं । नेपाली काँग्रेस का आमन्त्रित केन्द्रीय सदस्य हरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय
सदस्यहरुले सामूहिक रुपमा राजीनामाको चेतावनी दिएको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले रातोपाटीलाई जानकारी दिए ।पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन आउने

प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले सामूहिक राजीनामाको​ चेतावनी दिएका हुन् । काँग्रेसमा नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, आनन्द (गोरखा विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी र मनोहरनारायण श्रेष्ठ आमन्त्रित केन्द्रीय सदस्य छन् ।यस्तै ध्रुव वाग्ले , मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ,अभिषेख प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर गुरुङ, दिलीप राई, आशाराम चौधरी र राजेन्द्रबहादुर सिंह गरी काँग्रेसमा २२ जना आमन्त्रित केन्द्रीय सदस्य छन् ।

उनीहरुले कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको भन्‍दै राजीनामा गरेका हुन् ।पार्टीको क्षेत्रीय प्रतिनिधि सरह पनि हामीलाई अधिकार दिइएन, आमन्त्रित केन्द्रीय किरण पौडेलले भने, विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई विभेद गरिएकाले हामीले राजीनामा गरेका हौं ।’

उनले विधानले सबै तहको समान व्यवस्था गर्ने गरी ब्याख्या गर्नु पर्ने माग गरे । उनले भने, ‘केन्द्रीय समितिका पधाधिकारी, सदस्यहरू,महाधिवेशन प्रतिनिधि,जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभापति, गाउँ-नगर/पालिका सभापति, वार्ड सभापति समेत सबै तहका समितिहरूका पदाधिकारी, सदस्य हरूलाई आ–आफ्नो तहमा उम्मेदवार हुन एक अवधिको लागि स्वत प्रतिनिधि बन्न पाउने व्यवस्था गरियोस।’कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिकलण्ठमा जारी छ ।

यी हुन् सामूहिक रुपमा राजीनामा दिएका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरु
१. नन्दनकुमार दत्त (सुनसरी)

२. कुमार खड्का (कास्की)

३. बालकृष्ण पाण्डेय (नेजस भारत)

४. आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)

५. नरेन्द्रकुमार चौधरी (सुनसरी)

६. हसन अन्सारी (मोरङ)

७. किरणराज शर्मा पौडेल (बाग्लुङ)

८. रमा कोइराला पौडेल (सुनसरी)

९. कृष्णकिशोर घिमिरे (दाङ)

१०. गोपालकुमार बस्नेत (झापा)

११. सुधीरकुमार शिवाकोटी (झापा)

१२. मनोहरनारायण श्रेष्ठ (धनकुटा)

१३. ध्रुव वाग्ले (तनहुँ)

१४. मोहनसिंह राठौर (कैलाली)

१५. शम्भुलाल श्रेष्ठ (सर्लाही)

१६.अभिषेख प्रताप शाह (कपिलवस्तु)

१७. दयाराम पाण्डे (लम्जुङ)

१८.जनकराज कलौनी (डडेल्धुरा)

१९. भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)

२०.दिलीप राई

२१.आशाराम चौधरी

२२.राजेन्द्रबहादुर सिंह

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार