• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चले पाटी एकता हुन्छ : माधव नेपाल


काठमाडौं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताएका छन् । वरिष्ठ नेता नेपालले पार्टी एकताका
सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राखे ।शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं

आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने बताए ।निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको वरिष्ठ नेता नेपालको भनाइ छ ।उनले भने, ‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन । तर एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हटनुहुँदैन । तर त्यो अन्तिम उपायमात्रै हुनेछ । अझै पनि कोसिस गरौं । अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाईमा रहेका छौं । वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गराए । उनले संविधानको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरुले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिनु परेको पनि दोहोर्‍याए ।

प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नुभएको रहेनछ : शंकर पोखरेल
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको टिप्पणी गरेका छन् ।

आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोशिश गरेको उनको आरोप छ ।पुष्पकमल दाहाल प्रचण्ड माओवादीका नेता,उहाँलाई आधार बनाएर हामीले चुनावी गठबन्धन गर्‍यौं । पार्टी एकता गर्‍यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नुभएको रहेनछ’ पोखरेलले भने, ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोशिश गर्नुभयो ।’ आजको परिणामले त्यही पुष्टि भएको उनले बताए ।

दाङमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेलले प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वाकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोप समेत लगाए ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार