• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

विचार र सिद्धान्तसँग जतिसुकै नजिक भएपनि नियमित लेबी बुझाउन नसक्ने माओवादीको सदस्य बन्न नपाउने


नेकपा माओवादीले जारी केन्द्रीय समिति बैठकमा प्रस्ताव भएको पार्टी विधान अनुमोदन भए अबदेखि सो पार्टीको संगठित सदस्य बन्न नियमित आर्थिक सहयोग (लेबी)
बुझाउनुपर्ने छ । यो प्रावधानअनुसार कुनैपनि व्यक्ति माओवादीको विचार र सिद्धान्तसँग जतिसुकै नजिक भएपनि उसले नियमित लेबी बुझाउन सक्ने अवस्था छैन भने त्यो व्यक्ति संगठित

सदस्य हुनबाट वञ्चित हुनेछ ।माओवादीको प्रस्तावित विधानआनुसार सो पार्टीका सदस्य दुई किसिमका हुनेछन् । जसमा सदस्य र संगठित सदस्य रहेका छन् ।माओवादीको सदस्य हुनलाई सात वटा प्रावधान राखिएको छ । जसमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, नैतिकवान र स्वच्छ चरित्र भएको, मानसिक सन्तुलन नगुमेको, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नभोगिरहेको, प्रचलित कानुनले अयोग्य नठहरिएको, पार्टीबाट सञ्चालित आन्दोलन र कार्यक्रमहरूमा सहयोगी बनेको, र पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान मान्न तत्पर रहेको हुनुपर्ने छ । विधानको धारा ७ मा सदस्यता सम्बनिध व्यवस्था छ । त्यस्तै विधानको धारा ८ मा संगठित सदस्य सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।शनिबारबाट काठमाडौमा सुरु भएको माओवादी केन्द्रको पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावित विधानमा उक्त व्यवस्था राखिएको हो ।

यो विधान जारी केन्द्रीय समिति बैठकले पास गरेपछि लागु हुनेछ ।त्यसै गरी विधानको धारा ८ मा संगठित सदस्यबारे उल्लेख छ । जसमा विधानको धारा ७ अनुसार सदस्य भएको कुनैपनि व्यक्ति धारा ८ को ङ अनुसार सङ्गठित सदस्य बन्न सक्नेछ । विधानको धारा (ङ) मा स्पष्ट भनिएको छ–पार्टी कमिटीमा संगठित भई काम गर्न तथा नियमित आर्थिक सहयोग लेबी बुझाउन तयार रहने ।’
२९९ सदस्यीय केन्द्रीय समिति

प्रस्तावित विधानअनुसार अबदेखि नेकपा माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । विधानको धारा– १६ केन्द्रीय समितिबारे उल्लेख छ । जसलाई ‘केन्द्रीय समिति दुई राष्ट्रिय महाधिवेशन बीचको पार्टीको सर्वोच्च अंग हुनेछ’ भनिएको छ । त्यस्तै केन्द्रीय समिति राष्ट्रिय महाधिवेशनप्रति उत्तरदायी हुने र राष्ट्रिय महाधिवेशनबाट नयाँ केन्द्रीय समिति निर्वाचित भएपछि पुरानो केन्द्रीय समिति स्वतः विघटन हुने उल्लेख छ । त्यस्तै राष्ट्रिय महाधिवेशनसम्मका लागि केन्द्रीय समिति, पोलिट्ब्युरो र स्थायी समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख छ । केन्द्रीय समितिको कूल सदस्य सङ्ख्याको बढीमा एकतिहाई सदस्य रहेको पोलिट्ब्युरो गठन गर्ने र पोलिट्व्यूरोको कूल सदस्यको बढीमा एकतिहाई सदस्य रहेको स्थायी समिति रहनेछ ।

त्यस्तै दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिव सहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय रहने व्यवस्था पनि पनि गरिएको छ । केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यहरु सम्पादन गर्न महासचिवको नेतृत्वमा उपमहासचिव, सचिव समेतको एक केन्द्रीय सचिवालय रहने नयाँ विधानमा व्यवस्था छ ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार