• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले विवादबारे उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच छलफल


काठमाडौँ पार्टी भित्रको विवाद समाधानका लागि एमाले उपाध्यक्ष भिम रावल र महासचिव ईश्वर पोखरेल आइतबार छलफल गरेका छ्न् ।उनीहरुबीच एकताका लागि
भएको १० बुँदे सहमति भित्रबाट शीर्ष नेतालाई मिलाउनु पर्ने उनीहरुको निष्कर्ष छ । पोखरेल निकट नेताका अनुसार पार्टी विभाजन हुन नदिनका लागि दुबै तर्फबाट अधिकतम लचकता

अपनाउनु पर्नेमा उनीहरुको निष्कर्ष छ । देउवा सरकारमा सहभागी हुन एमालेको माधव नेपाल समूहलाई दबाब छ । यदी सरकारमा सहभागी भए एकता झन् टाढा हुने बुझाइ दुबै पक्षको छ । नेकपा (एमाले) को आन्तरिक एकतालाई सवल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ ।पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गर्नुभएको थियो ।

महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरुसँग पनि संवाद गर्दै आउनुभएको उहाँका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको विघठन, सर्वोच्च अदालतको पुनःस्थापनाको फैसला र नयाँ सरकारलाई समर्थन जस्ता विषयमा एमाले मतभेद उत्पन्न हुँदै आएको छ ।

अध्यक्ष केपी शर्मा ओली लचिलो नभएमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोल्नसक्ने जनाए पनि सो पक्षकै कतिपय नेताहरु विभाजनको विपक्षमा उभिनुभएको छ ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार