• २०८१ साउन ११ गते शुक्रवार
  • Preeti To Unicode

माधव नेपाल, रामकुमारी झाक्री सहित १४ सांसदमाथि कारवाही, संसद सचिवालयमा पत्र दर्ता


काठमाडौं नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद सचिवालयमा एमालेले मंगलबार
पत्र दर्ता गरेको हो ।नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ ।

कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरुदेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी छन् ।

संसद सचिवालयमा एमालेले बुझाएको पत्रको व्यहोरा यस्तो छ :
श्री संघीय संसद सचिवालय, सिंहदरबार काठमाडौ ।

विषय–दल त्याग गरेको सूचना सम्बन्धमा
यस दलको प्रतिनिधि सभाका देहायका माननीय सदस्यहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ (१) को क बमोजिम कार्य नगरी दलको निर्देशन ह्वीप उलंघन गरेकोले यस दलको केन्द्रीय कमिटीको मिति २०७८ साउन २५ को निर्णयअनुसार ऐनको दफा ३२(२) बमोजिम प्रतिनिधि सभा सदस्य समेत नरहनेगरी यस दलबाट समेत निस्कासन गरिएकोले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपि समेत यसैसाथ राखी यो सुचना प्रकाशित गरिएको छ । यस विषयमा तत्काल संसदलाई जानकारी गराई दफा ३६ बमोजिम स्थान रिक्तको सुचना निर्वाचन आयोगमा शिघ्र दिनुहुन अनुरोध छ । केन्द्रीय कमिटीको माइन्युट साथै संलग्न छ ।

तपसिल :
माधवकुमार नेपाल

जीवनराम श्रेष्ठ

मुकुन्द न्यौपाने

रामकुमारी झाँक्री

कल्याणीकुमारी खड्का

लक्ष्मी चौधरी

निरुदेवी जैरु

पुष्पाकुमारी कर्ण

सरलाकुमारी यादव

कलिला खातुन

विरोध खतिवडा

कृष्णलाल महर्जन

भवानी खापुङ

मेटमणि चौधरी

केन्द्रीय सदस्यहरुलाई माधव नेपालको ब्रिफिङ : एकताका लागि अन्तिम प्रयत्न भइरहेको छ
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि अन्तिम प्रयत्न भइरहेको बताएका छन् ।

काठमाडौंमा उपलब्ध आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकताको अन्तिम प्रयत्न भइरहेको बताए । त्यसका लागि उपमहासचिव घनश्याम भुसालले सम्वाद गरिरहेको समेत नेता नेपालले जानकारी दिए ।

तर अध्यक्ष ओलीले सांसदहरुलाई कारबाही गर्ने, केन्द्रीय कमिटीको विवरणहरु पठाउने जस्ता गतिविधि गरे नयाँ पार्टी बनाएर अघि बढ्ने उनले बताएका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरुमध्ये ठाकुर गैरे मात्र बोलेका थिए । उनले नेता नेपाललाई विष पिएर भए पनि पार्टीको एकता जोगाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार