• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

दोस्रो तहका नेताले माधव नेपालको साथ छाडे


काठमाडौँ — माधवकुमार नेपाल लाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले नयाँ दल गठनसँगै अलगिएका छन् । निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउन नेपालसँग एमालेकालको स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने मात्रै रहेका थिए ।’कार्यदलका सदस्य रहनु भएका कुनै पनि नेताहरु नयाँ दल

गठनमा जानु भएको छैन,’ सांसद दीपकप्रकाश भट्टले भने । एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन गरेको कार्यदलमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उप–महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए ।नेकपाकालको स्थायी कमिटीका सदस्य बेदुराम भुसाल पनि नयाँ दल दर्तामा सहभागी रहेका छन् । सरकारले राजनीतिक दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्यहरुले मात्रै पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गरेका छन् ।
कान्तिपुर दैनिक मा खबर छ।

एमालेले शाक्यलाई वाग्मतीको मुख्यमन्त्री बनाउने
मकवानपुर — वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमालेले अष्टलक्ष्मी शाक्यलाई बनाउने भएको छ । डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएपछि शाक्यलाई एमालेले मुख्यमन्त्री बनाउन लागेको हो । बुधबार प्रदेशसभा सचिवालयमा बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो ।

‘पौडेलले राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ,’ सांसद अरुण नेपालले भने ।वाग्मती प्रदेशमा सभामुखसहित १०९ जना सांसद छन । तीमध्ये ५६ जना एमालेका छन् । एमालेका ५६ सांसदमध्ये २३ जना नेपाल पक्षका छन् ।

प्रदेशमा सरकार बनाउनका लागि ५५ जना सांसद भए पुग्छ । बुधबार शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गर्दा ४९ जना सांसदहरुको उपस्थिति रहेको थियो भने ७ जना सांसदहरु अनुपस्थित थिए ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार