• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

को-को छन् महन्थ ठाकुरको नयाँ पार्टीमा (नामावलीसहित)


काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले निर्वाचन आयोग मा नयाँ पार्टी दर्ता गरेको छ ।नयाँ पार्टीको नाम जसपा नेपाल (लोकतान्त्रिक)
राखिएको छ भने महन्थ ठाकुर अध्यक्षको रुपमा छन् । यस्तै जसपा नेपाल (लोकतान्त्रिक) को चुनाव चिह्न साइकल राखिएको छ । “आज निर्वाचन आयोगमा जनता समाजवादी पार्टी,

नेपाल (लोकतान्त्रिक ) नामक राजनीतिक दलको निवेदन दर्ता भएको छ। दर्ता न.-४३४/०७८-५-२” नेता केशव झाले बताए ।बुधबार अपराह्न नेता ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी सहित नेता तथा कार्यकर्ताहरु निर्वाचन आयोग पुगेर दल दर्ता गरेका हुन् । नयाँ पार्टीमा १२ सांसद सहित २४ सदस्यीय केन्द्रीय समिति छ ।

साथै कारागारमा रहेका रेशम चौधरी समेत यस पार्टीमा सदस्य रहेको ठाकुर पक्षका नेताहरुले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नेपालको संविधान धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेपछि एमाले र जसपा विभाजनका लागि बाटो खुलेको हो ।

गत साउन ११ मा निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि महन्थ ठाकुरसहितका नेताहरुले नयाँ दल दर्ताको तयारी गरेका थिए। यादव समूहले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन दिएका छन् भने ठाकुर समूहले केपी ओली नेतृत्वको सरकारलाई समर्थन दिएका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार