• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मध्यमार्गी नेतालाई अझै ओलीको आश, क–कसले छाडे माधवको साथ ? ओलीलाई भेट्न बालकोट पुगे धनश्याम भुसाल


नेकपाएमाले विभाजन भएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भइसक्दा पनि माधव नेपाल पक्षकै केही नेताहरू भनेअझै एमाले एकताको विकल्प
नभएको भन्दै दौडधुपमा व्यस्त छन्।यी नेताहरू अझैसम्म केपी ओलीले माधव नेपालमाथिको कारबाही फिर्ता लिन्छन् र एमाले एक हुन्छ भन्ने आशमा छन्।बुधबार अपराह्न माधवकुमार

नेपालसहितका नेताहरू नेकपा एमाले (समाजवादी ) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेका बेला मध्यमार्गी भनेर चिनिएका माधव नेपाल पक्षका केही नेताहरू बेग्लै छलफलमा जुटेका थिए ।यसरी अन्तिम घडीमा आएर माधव नेपालको साथ छाड्नेहरूमा घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीसमेत छन् । विष्टले एमाले विभाजनपछि कुन पक्षमा लाग्नुहुन्छ भन्ने प्रश्नको जवाफमा भने, ‘अझै पनि हाम्रो प्रयास पार्टी एकताकै पक्षमा हुन्छ ।’

ओलीलाई भेट्न घनश्याम भुसाल बालकोटमा
यसैबीच माधवकुमार नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेको केही समयपछि नै नेता घनश्याम भुसाल केपी ओलीलाई भेट्न बालकोटतर्फ लागेका थिए । एमालेका वरिष्ठ नेता रहेका माधव कुमार नेपालले यसअघि भुसाललाई नयाँ पार्टीको महासचिव बन्न प्रस्ताव गरेका थिए । नेता भुसालले नमानेको अवस्थामा सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने नेता नेपालको चाहना थियो । तर, बुधबार पार्टी पुनर्गठनका क्रममा भुसाल र पाण्डे दुवैले नेता नेपाललाई साथ दिएनन् ।

अघिल्लो साता सुरेन्द्र पाण्डेलाई भेट्न केपी ओली पक्षका एक नेता पाण्डेकै निवासमा पुगेका थिए । त्यसबेला पाण्डेले आफू माधव नेपालतिर लागेर फसेको गुनासो पोखेका थिए ।त्यस्तै नेता भुसालले पार्टी विभाजन नगरी एमालेभित्रै अन्तरसंघर्ष गर्नुपर्ने बताउँदै आएका थिए । मंगलबार १४ सांसदमाथि एमालेले कारबाही गर्ने बेलासम्म पनि भुसालले ओलीसँग कुरा गरेर कारबाही रोक्ने आश्वासन माधव नेपाललाई दिएका थिए ।

बुधबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भइसकेपछि रातोपाटीले भुसाललाई सोध्यो, ‘तपाईंहरु अझै पार्टी एकताको कुरा गर्दै हुनुहुन्छ, माधव नेपालले नयाँ पार्टी दर्ता गरिसके, ओलीले १४ सांसदलाई पदमुक्त गरिसके । अझै पार्टी एकताको सम्भावना बाँकी छ र ?’जवाफमा भुसालले भने, ‘अझै पनि पार्टी एकता गर्न सकिन्छ भन्ने हामी कार्यदलमा रहेका नेताहरूलाई लागेको छ । १४ सांसदमाथि भएको कारबाही पनि फिर्ता लिएर एकता गर्ने सम्भावना बाँकी छ ।
स्रोत : रातो पाटी।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार