• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

माधव नेपाललाई ‘छाडेका’ नेताहरुको ओलीलाई अपील : १० बुँदे अक्षरश: कार्यान्वयन गर


काठमाडौं । माधवकुमार नेपाल समूहमा रहेका, तर नेकपा एमाले समाजवादी पार्टीमा नगएका नेताहरुले १० बुँदे सहमति अक्षरश: कार्यान्वयन गर्न माग गरेका छन् ।
माधव नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुबीच बिहीबार भएको छलफलमा नेताहरुले सहमतिको अक्षरश: कार्यान्वयनमा जोड दिएका हुन्।२७ जेठमा भएको १० बुँदे सहमतिको

माइन्यूटमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने उल्लेख छ । तर अध्यक्ष केपी शर्मा ओली पक्षले आफ्नो पक्ष मात्र बसेर सहमति अनुमोदन गरेको थियो । त्यही कारण नेपाल समूह बैठकमा गएकै छैन ।एक स्थायी कमिटी सदस्यका अनुसार १० बुँदे अक्षरस कार्यान्वयन नहुँदासम्म बैठकमा नजाने सहमति भएको छ । साथै १० बुँदेको अक्षरस कार्यान्वयन भएर सबै एडजस्टमेन्ट हुँदा अर्को पार्टी बनाउनुको औचित्य नहुने भन्दै एकतामा आउन माधवकुमार नेपाललाई समेत अपील गरेको एक नेताले जानकारी दिए । नेताहरुले संयुक्त वक्तव्य नै जारी गर्ने तयारी गरेका छन् ।

माधव नेपालका पूर्व स्वकीय सचिव बाग्मतीको प्रदेशको नयाँ प्रमुख
सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुन् । यादवले लामो समय माधव नेपालको सचिवालयमा काम गरेका छन् । माधव नेपाल प्रधानमन्त्री भएका बेला उनी प्रमुख स्वकीय सचिव थिए ।

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार