• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

पदकाे लाेभमा माधव नेपाल पक्षमा बस्नुपर्दैन, यता आएर जिम्मेवारी सम्हाल्नुस् : केपी ओली


काठमाण्डाै–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पक्षमा गएका केन्द्रीय सदस्य एवम् सांसदलाई एमालेमा फर्कन आह्वान गर्नुभएको छ । नेकपा
एमाले भक्तपुर जिल्ला कमिटीले आज बिहीवार आयोजना गरेको कार्यक्रममा उहाँले नेता नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा नाम लेखाएकालाई नाम काटेर

एमालेको मूल प्रवाहमै फर्कन आह्वान गर्नुभएको हो । उहाँले भन्नुभयो, यो देश बनाउने जिम्मा अहिले पनि एमालेकै काँधमा छ, त्यसैले पदको लोभमा त्यता बस्नुपर्दैन, माधव नेपालसँग नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराएका साथी नाम कटाएर पार्टीमा आउनुस्, कुनै पक्षपात नगरि पार्टीमा जिम्मेवारी दिन्छौँ, जिम्मेवारी सम्हाल्नुस् ।अध्यक्ष ओलीले आफूहरू सत्तापक्षमै रहेको दाबी गर्दै भन्नुभयो, प्रदेश र पालिकामा एमाले बहुमतमा छ, देशभरको सरकार हेर्दा एमाले सरकारमै रहेको प्रष्ट हुन्छ, प्रदेश र पालिकामा एमालेले बहुमतको सरकार चलाइरहेकाले एमाले प्रतिपक्ष मात्र नभएर अझै सत्तापक्षमै छ ।

माधव नेपालले २ वर्षदेखि फोन गरेका छैनन्, मैले गरिरहेको छु : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफूलाई अहङ्कारी भन्नु उहाँको कमजोरी निराधार आरोप भएको बताउनुभएको छ । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्ताे बताउनुभएकाे हाे ।

ओलीले आफूले माधव नेपालको कुभलो कहिल्यै नसोचेको तर नेपालले भने केन्द्रदेखि प्रदेशका सरकार ढाल्ने, एमाले र आफूविरुद्ध षड्यन्त्र गर्ने लगायतका काम गरेको आरोप लगाउनुभयो । आफूले कैयौँ पटक भेटेर कुरा गरौँ भन्दा पनि नेता नेपालले भेट्नै नचाहेको ओलीको गुनासो छ ।

‘मैले माधव नेपाललाई भेटौँ भन्दा भेट्दिनँ भने, कम्तीमा दुई वर्ष भयो होला माधव नेपालले फोन गरेका छैनन्, मैले लगातार फोन गरिरहेको छु, कुरा गरिरहेको छु, उहाँले म बालुवाटार आउँदिन भन्दा म आफैँ ठाउँ–ठाउँका होटलमा गएर भेटेँ’, ओलीले भन्नुभयो । कार्यक्रममा ओलीले माधवकुमार नेपाल पार्टीको नेतृत्वमा रहँदा, सरकारको नेतृत्वमा रहँदा पार्टीलाई सिध्याउने भूमिकामै केन्द्रित रहेको लगायतका आराेप पनि लगाउनुभयाे ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार