• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

वि.सं. २०७८ भाद्र ०४ गते शुक्रवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ भाद्र ४ गते शुक्रवार, २० अगष्ट २०२१। चन्द्रराशि–मकर। तदनुसार ई. सं. २०२१ अगस्ट २० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३,सूर्य दक्षिणायन,
वर्षा ऋतु, ने.सं. :– ११४१, ( गुँलाथ्व ). इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:२७ बजे. चन्द्रोदय : दिउँसो ०४:१४ बजे र चन्द्रास्त :

भोलि बिहान ०४:०९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:३६ बजे र सूर्यास्त : साँझ ०६:३७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४१ बजे र सूर्यास्त : साँझ ०६:४२ बजे, श्रावण शुक्लपक्षको त्रयोदशी तिथि, साँझ ०७:५५ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, उत्तराषाढा नक्षत्र, बेलुका ०९:३६ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), आयुष्मान् योग, दिउँसो ०४:३७ बजेसम्म, त्यसपछि सौभाग्य योग,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका मिल्नसक्छ सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक कार्य सफल रहनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । सामान पनि हराउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक यात्राको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लक्ष्मी प्रसन्न हुने योग छ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कुनै नकुनै कुराले मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग भेटिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मानसिक शान्ति मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार