• २०८१ कार्तिक २१ गते बुधवार
  • Preeti To Unicode

नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थाले, रेल्वे कम्पनीमा निरन्जन झा महाप्रवन्धक नियुक्त


जनकपुरधाम ।शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेपाल नेतृत्व
को एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदपनि पाएको छ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका

नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी झाले रेल सन्चालनका लागि कटिबद्ध रहने बताए । अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै झाले सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेपछि उनले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए ।सरकारले बिहीबार बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो ।गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।

एमाले समाजवादीको सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले समाजवादी दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

एमाले नेता माधवकुमार नेपालले बुधबार मात्र एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली नबनेका कारण नेताहरुको सनाखत हुन बाँकी छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । बिहीबार विहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवा,

आफू र एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको भन्दै उनले भने, ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्नु हुन्न भन्नेमा पुगेका छौं ।’अघि भने, ‘दल दर्ताको सनाखत हुनासाथ एकै दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ ।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार