• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

म मुख्यमन्त्री हुनुमा ओली र नेपाल दुबैको सहमति छ : अष्टलक्ष्मी शाक्य


काठमाडौं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री बन्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ पार्टी गठन गर्ने नेता माधवकुमार नेपाल
दुबैको सहमति रहेको बताएकी छन् ।वाग्मती प्रदेशसभामा सरकार परिवर्तनको विषयमा आफूले दुबै नेतालाई भेटेर जानकारी गराएको र दुबैको सहमति पाएको उनले बताइन् । शनिबार

काठमाडौंको धुम्बाराहीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाक्यले आफूले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँगै ओलीलाई भेटेको बताइन् ।‘वाग्मतीको यस्तो स्थिति छ । के गर्नुहुन्छ तपाई‌ंले ? हामी मिलेर अघि बढ्न चाहन्छौं, मिलेर अघि बढेका छौं । नीति पास गर्यौं, बजेट पास गर्यौं । अब सरकार पनि हामी चलाउँछौं भनेपछि खुशी हुनुभयो’ उनले भनिन्, ‘राम्रो काम गर्न थाल्नुभयो अगाडि बढ्नुस् भन्नुभयो । यति पाएपछि के चाहियो ?’

त्यसपछि आफूले नेता नेपाललाई पनि वाग्मतीमा सरकार फेर्ने सहमतिबारे जानकारी गराएको शाक्यले बताइन् ।‘हामी यस्तो चरणसँग पुग्यौं । नीति पनि पास गरिसक्यौं, बजेट पास ग¥यौं, सरकार परिवर्तन गर्न बाँकी छ । सरकार निर्माण गर्दैछौं । तपाईको निर्देशन चाहियो भनेपछि उहाँ पनि खुशी हुनुभयो’ मुख्यमन्त्री शाक्यले भनिन्,‘केपी कमरेडले यसो भन्नुभएको हो म पनि भन्दिहाल्छु नि, म पनि एकताकै पक्षमा छु भन्नुभयो ।’

नेकपा विभाजन गरेर माधव नेपालले नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएको दिन वाग्मती प्रदेशमा सरकार फेरबदल भएको थियो । त्यस दिन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिई शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

एमालेकी उपाध्यक्ष समेत रहेकी शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिर-बाहिर नेता नेपाललाई धोका दिएको भन्नेखालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि पटक-पटक आग्रह गरिन् ।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार