• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

वि.सं. २०७८ भाद्र ०७ गते सोमवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ भाद्र ७ गते, साेमवार,२३ अगष्ट २०२१। चन्द्रराशि– कुम्भ। तदनुसार ई. सं. २०२१ अगस्ट २३ तारिख, राक्षस नामक संवत्सर, शाके :१९४३, सूर्य दक्षिणायन,
वर्षा ऋतु, ने.सं. :– ११४१, (गुँलागा), इटहरी, सुनसरी,नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:२५ बजे, चन्द्रास्त : बिहान ०६:५५ बजे र चन्द्रोदय:साँझ

०६:५० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:३४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०६:३९ बजे, भाद्रपद कृष्णपक्षको प्रतिपदा तिथि, दिउँसो ०४:२९ बजेसम्म, त्यसपछि द्वितीया तिथि, शतभिषा नक्षत्र, बेलुका ०८:३३ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), अतिगण्ड योग, बिहान १०:२७ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा कौलव करण दिउँसो ०४:२९ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि ०४:१८ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : अमृत, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये चोर वाण : बेलुका १०:१२ सम्म,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । भूमिबाट लाभ मिल्ला । साथीभाइले पनि राम्रै सहयोग गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएका अधुरा काम पुन: सुचारु हुनसक्छ । शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ । नयाँ कामको योजना या प्रारम्भ समेत हुनसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा पनि होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले अनुहारमा कान्ति छाउनेछ । घरमा अतिथिको आगमन हुनेछ । सङ्गीतमा रुचि पनि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग रहेको छ, तर अरुको साथ र सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । रोकिएको काम पुरा हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार