• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

माधव नेपालले नयाँ पार्टी खोल्न हतार गर्नुभो : योगेश भट्टराई


नेकपाएमालेका सचिव योगेशकुमार भट्टराईले माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने निर्णय हतारमा गरेको बताएका छन्।सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट
मा भएको छलफलपछि नेता भट्टराईले वरिष्ठ नेता नेपालले हतारमा नयाँ पार्टी खोल्ने निर्णय गरेको बताएका हुन् । ‘आज माधवकुमार नेपालसहितको एकताको कुरा गरिरहँदा उहाँबारे

म धेरै बोल्दिनँ । उहाँले पार्टी स्थायी कमिटीको यत्रो टिमसँग छलफल नगरी केन्द्रीय कमिटीको म्यान्डेट विपरित नयाँ पार्टी खोल्ने निर्णय लिनुभयो’ नेता भट्टराईको भनाइ छ ।यसअघि माधव नेपालसहित बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति बैठक बसेर निर्णय गर्न भनिएपनि नेता नेपालले त्यसो नगरेको भट्टराईको भनाई थियो । ‘उहाँले हतारमा त्यो म्यान्डेट बाहिर गएर पार्टी दर्ता गर्नुभयो । अब उहाँ पनि एकतामा फर्किनुपर्छ । कारबाहीहरू स्वतः अमान्य हुन्छन् । कारबाही प्रतिशोध, दण्ड, सजाय स्वतः निष्क्रिय हुन्छन् । अध्यक्ष र हामीबीच यो सहमति भएको छ’ भटराईले सञ्चारकर्मीसँग भने ।

१० बुँदे कार्यान्वयन गर्न ओली र माधव नेपाल छोडेका नेताबिच सहमति
नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको वार्तामा सहमति भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरुले ओलीसँग सोमवार बालकोटमा वार्ता गरेका थिए।१० बुँदे कार्यान्वन गर्ने सहमति भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।

‘१० बुँदे स्वीकार पहिला नै भइसकेको हो। भोलि स्थायी कमिटी बसेर कार्यान्वयनमा लैजाने सहमति भएको छ,’ उनले भने। दोस्रो पुस्ताका नेताहरुले ओलीले आफ्ना मागहरु सम्बोधन गरे एमालेमै रहने बताएका थिए। आफ्ना मागहरुमा ओली सकारात्मक रहेको पाण्डेले जानकारी दिए।यस्तै, एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वार्ता सकारात्मक भएको बताए। उनले १० जना नेताहरु भोलिको बैठकमा सहभागी हुने जानकारी दिए। ‘विभिन्न कारणले बैठकमा सहभागी नभएका कमरेडहरुले १० बुँदे प्रस्तावलाई कार्यावन गर्ने कुरामा जोड दिनुभयो,’ उनले भने,’छलफल सकारात्मक र सौहार्द भएको छ। पार्टीका समस्या समाधान हुने भएको छ।’

माधवकुमार नेपालको पार्टीमा नजान ओलीले वार्तामा सहभागी भएका नेताहरुलाई आग्रह गरेको ज्ञवालीले जानकारी दिए।’माधव नेपालको बाटोमा नजानुस् भनेर मात्रै हामीले छलफल गरेका छौं,’ ज्ञवालीले भने।ओली समूहका नेताहरुले नेपाललाई साथ नदिएका नेताहरु एमालेमै रहने दाबी गरिरहँदा स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने आफूहरु कहाँ रहने भन्ने घोषणा गर्न अझै दुई दिन लाग्ने बताए।’तपाईँहरुले धेरै सोध्न खोज्नुभएको होला तर अझै २ दिन लाग्नसक्ला हामीले के गर्ने भन्ने,’ उनले भने।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार