• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

वि.सं. भाद्र ८ गते मङ्गलवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ भाद्र ८ गतेमगंलबार, २४ अगष्ट २०२१। चन्द्रराशि–कुम्भ। तदनुसार ई.सं. २०२१ अगस्ट २४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन,
वर्षा ऋतु, ने.सं. :– ११४१, (गुँलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:२४ बजे, चन्द्रास्त : बिहान ०७:४२ बजे र चन्द्रोदय :

बेलुका ०७:३८ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४३ बजे र सूर्यास्त : साँझ ०६:३८ बजेभाद्रपद कृष्णपक्षको द्वितीया तिथि, दिउँसो ०४:१६ बजेसम्म, त्यसपछि तृतीया तिथि, पूर्वाभाद्रा नक्षत्र, बेलुका ०९:०७ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, दिउँसो ०२:५६ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कार्यको थालनी होला । जोशजाँगर र हिम्मत बढ्ला । शुभ समाचार सुन्न पाइएला । राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनोरञ्जनमा सहभागिता भइएला । मान प्रतिष्ठामा वृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । व्यवसायबाट लाभ मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्ने र बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभ कार्यको चर्चा पनि चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । बन्धु बान्धव तथा विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ, शेयर बजारको लगानीले पनि राम्रै लाभ देला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जोशजाँगर र हिम्मत बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभ समाचार सुन्न पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइन सक्छ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ र शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नजिकको मित्रसँग भेटघाट हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढी हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च होला । साँझमा पैसा खर्च हुने योग छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार