• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

माधव नेपाल भन्छन्- वार्ता र सहमतिको भ्रममा नपरौं


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले वार्ता र सहमतिको भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने
काममा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई अपील गरेका छन् ।पटक-पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक

भएको उनको भनाइ छ ।‘नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्,’ नेता नेपालले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु । कम्युनिष्ट आन्दोलन र सँस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ । नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढ्नुलाई उनले दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह भनेका छन् ।

एकताको कुरा धेरै ढिलो भयो
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टीमा इमान, इतिहास र उर्जा बोकेको पंक्ति लामबद्ध भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकका लागि चन्द्रागिरी पुगेका अध्यक्ष नेपालले पुराना र नयाँ नेताहरुले मिश्रणमा पार्टी सशक्त बन्ने बताए ।

चन्द्रागिरी पुगेका केन्द्रीय सदस्यहरु र सांसदहरुलाई सम्बोधन गर्दै अब एकताको भ्रममा नअल्मलिन आग्रह गरे । ‘एकताको कुरा धेरै ढिलो भयो । अब नयाँ पार्टी निर्माणमा लगौं’ नेपालको भनाइ थियो ।क्रान्तिकारी र सशक्त पार्टी बन्ने प्रशस्त आधार भएको अध्यक्ष नेपालले बताए । ‘कोके स्थापना गर्ने मध्ये पाँच जना सक्रिय राजनीतिमा छौं । त्यस मध्ये तीन जना हामी सँगै छौं’, उनको भनाइ थियो । कोके स्थापना गर्ने मध्ये सीपी मैनाली अलग पार्टीमा रहेको र बाँकी मध्ये तीन जना (माधव नेपाल, झलनाथ खनाल र मुकुन्द न्यौपाने) एकीकृत समाजवादी बनाउन लागिपरेको नेपालले बताए ।

कोके बनाउने मध्ये अमृत बोहोरा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको उनले बताए । ९ भदौमा माधव नेपाल नेतृत्वमा दर्ता भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ ।त्यसअघि केन्द्रीय कमिटी बैठक बस्न चन्द्रागिरी पुगेको जगनाथ खतिवडाले बताए । उनका अनुसार, चन्द्रागिरीमा पार्टी विधान र राजनीतिक कार्यक्रमबारे समेत छलफल हुनेछ ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार