• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

एमालेमा पुनर्मिलन: एमाले बैठकमा तेस्रो धारको ‘इन्ट्री’, तस्बिरमा हेर्नुहाेस्


नेकपाएमालेको स्थायी समिति बैठकमा पार्टीभित्र तेस्रो धारको नेतृत्वका नेताहरु सहभागी भएका छन् । मंगलबार ११ बजेका लागि तय भएको बैठक चार घण्टा पछि
सुरु भएको हो।तयारी पुरा नभएकाले बैठक केही घण्टा पछि सार्नुपरेको बताइएको छ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको छ।नेता माधवकुमार

नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच सोमबार भएको छलफलपछि उनीहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार भएका हुन् ।स्थायी समिति बैठकले यसअघि एमाले एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि मोडालिटी तयार गर्नेछ ।सोमबार अध्यक्ष ओली निवास बालकोटमा भएको झन्डै तीन घण्टाको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार भएका थिए । त्यसपछि नेपाल समूहमा रहेका तर नयाँ पार्टी दर्ताको प्रक्रियामा नेपाललाई साथ नदिएका नेताहरू ओलीले बोलाएको बैठकमा बस्न तयार भएका थिए ।

बैठकमा सहभागी हुन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा पुगिसकेका छन् ।

सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट पुनस्र्थापित एमाले एकजुट हुन सकेको छैन । २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षको मात्र बैठक राखेर एकलौटी निर्णय गरेपछि माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गर्दै आएको थियो । नेता नेपालले २ भदौमा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिए ।

तर लामो समय उनीसँग रहेका स्थायी कमिटीका अधिकांश नेता नयाँ पार्टीमा गएनन् । स्थायी कमिटीका ९ जनाले केन्द्रीय सदस्यहरुसँग छलफल गरेर १० बुँदे सहमति कार्यान्वयन र नयाँ पार्टी दर्ताको प्रक्रिया रोक्न माग गरेका थिए । सोमबार भएको छलफलमा अध्यक्ष ओली १०बँदे सहमति कार्यान्वयन गर्न सहमत भएपछि नयाँ पार्टीमा नगएका नेताहरु एमाले बैठकमा गएका हुन् ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार