काठमाडौं । नेकपा एमालेले नयाँ दल दर्ताको प्रक्रियामा रहेका नेता कार्यकर्तालाई मूलघरमै फर्किन आह्वान गरेको छ । लामो समयदेखि माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ दलमा नगाएका स्थायी कमिटीका १० नेता सहभागी भएको स्थायी कमिटी बैठकले एकताका लागि आह्वान गरेको हो ।एमाले विभाजित हुँदा राजनीतिक स्थायित्व,
लोकतन्त्र, सम्बृद्धि र समाजिक न्यायकै भविश्यमा दुष्परिणाम सिर्जना हुने एमाले स्थायी कमिटीको निष्कर्ष छ । पार्टीमा समस्याको सकारात्मक समाधान खोज्ने, भिन्नतालाई उन्नतस्तरको एकतामा रुपान्तरण गर्ने र असहमतिहरुलाई स्वच्छ र रचनात्मक बहसको माध्यमबाट उच्च तहको सहमतिमा बदल्न सक्ने आधार र सामर्थ्य रहेको भन्दै बैठकले भनेको छ, ‘एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयासमा रहेका कमरेडहरुलाई हामी आग्रह गर्छौ, आफ्नो मूलघरमा फर्किनुस् ।’ विभाजनकारी र छुट्टै दल दर्ताको प्रक्रियाबाट अलग हुने नेताहरुलाई पार्टीमा स्वागत गरिने प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले भने, ‘यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने वा भेदभाव र कारबाही नहुने स्पष्ट पार्न चाहन्छौं ।’
एमाले विभाजन–१४ सांसदको नाम सनाखत नगर्न आयोगलाई एमालेको ‘खबरदारी’
नेकपा एमालेले पार्टीको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई खबरदारी गरेको छ । अग्नि खरेलसहितका एमाले नेताहरुले मंगलबार निर्वाचनमा आयोगमा पुगेर पार्टीले कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै ह्वीप उल्लंघन गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न आयोगलाई खबरदारी गरेका हुन् ।
एमालेका निर्वाचन विभाग प्रमुख खरेलले सनाखतको प्रक्रियामा नेकपा एमालेलाई समावेश गर्न जरुरी रहेको बताए । एमाले दल फुटाउनको निम्ति अध्यादेश ल्याएको भन्दै खरेलले मूल दल (एमाले)लाई रोहबरमा राखेर काम गर्न सुझाव दिए । उनले भने, “हामीले निर्वाचन आयोगलाई भनेका छौँ, १४ जना ह्वीप उल्लंघन गर्ने व्यक्तिहरु र पार्टीको निर्देशन लागू गरेर ह्वीप उल्लंघन गरेका छन्, तिनीहरुलाई कारबाही गरिएको छ, तिनीहरुलाई कारबाही गरिनुपर्छ भनेका छौँ, र तिनीहरुको नामलाई पनि समावेश नगरियोस्, तिनीहरुलाई नाम समावेश गरेर उनीहरुलाई सनाखत गराउने प्रक्रियामा समावेश नगराइयोस्, यो कुराले मुलुकको लोकतन्त्रलाई बलियो बनाउँछ, लोकतन्त्र बलियो बनाउने काममा नै निर्वाचन आयोग लाग्छ भन्ने हामीलाई विश्वास छ भनेर हाम्रो कुरा राखेका छौँ, चौथो कुरा सनाखतको प्रक्रियामा नेकपा एमालेलाई पनि समावेश गर्न जरुरी हुन्छ,
नेकपा एमाले दल फुटाउनको उद्देश्यले जब निवेदन आउँछ भने जुन मुल दल हो, त्यसलाई फुटाउनका लागि आएका मान्छे त्यसका सदस्य हुन् कि होइनन् ?संसदीय दलका ती सदस्य हुन् कि होइनन् ? पार्टीका केन्द्रीय समितिका सदस्य हुन् कि होइनन् ? भन्ने कुरो त्यो दललाई रोबरमा त राख्नुपर्यो नि त, त्यो दल त प्रतिनिधि रोहबरमा त राख्नुपर्यो नि त, त्यो कुरा हामीले उहाँहरुलाई रिक्वेस्ट गरेका छौँ, उहाँहरुले त्यो कुरामा हामी टुंगो लगाउँछौँ पछिल्लो कुरामा भन्नुभएको छ, केही कुराहरु उहाँहरु आफैँ स्पष्ट हुनुहुन्छ, ती कुराहरु निर्वाचन आयोगलाई प्रष्ट गर्नको निम्ति आज हामी निर्वाचन आयोग गएका हौँ ।