• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

गठबन्धन भित्रै समस्या, आफैले बनाएको प्रधानमन्त्री आफूप्रति सकारात्मक नहुँदा समस्या : प्रचण्ड


नेपालकम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले बनाएको प्रधानमन्त्री आफूप्रति नै सकारात्मक नहुँदा विकासमा
समस्या आएको बताएका छन्।उनले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व र विकास हुन्छ भनेर लागे पनि त्यसमाथि प्रहार र निषेधको खेल भएको समेत बताए। भरतपुर मेट्रो प्लाजा

(बहुउद्देश्यीय भवन)को शिलान्यास गर्दै उनले चितवनको विकासका लागि आफू लाग्ने प्रतिवद्धता समेत जनाए। उनले नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटाँैडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत काम गर्नुपर्ने सुझाए। संविधानमा नै सार्वजनिक, निजी र सहकारीको संयोजनमा नेपालको विकासको मोडेल समाजवाद उन्मुख हुने छ भनेर लखे पनि व्यवहारिक रुपमा त्यस्ता आयोजना अघि बढ्न र निजी क्षेत्रसँग भएको साधनस्रोत परिचालन गर्नमा राज्य राम्रोसँग अघि आउन नसकेको उनको भनाइ छ।
निर्वाचन आयोगले स्वीकार्‍यो झलनाथ हस्ताक्षर सनाखत
नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेता झलनाथ खनालको हस्ताक्षर सनाखत भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत खनालको हस्ताक्षर सनाखत गरिएको हो ।

एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी दर्ता गर्न नेताहरुले दिएको निवेदनमा निर्वाचन आयोगले बुधबार केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो । तर खनाल स्वास्थ्य उपचारका लागि दिल्लीमा रहेका कारण सनाखतका लागि निर्वाचन आयोगमा आउन असमर्थ थिए ।

रेशम चौधरीको सनाखत भएन
त्यस्तै जनता समाजवादी पार्टी विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि भने सांसद रेशम चौधरीको हस्ताक्षर सनाखत भएन । महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दिएको दल दर्ता निवेदनमा नै चौधरीको नाम समावेश नभएकाले उनको हस्ताक्षर सनाखत नभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

भदौ २ गते सरकारले दल विभाजन अध्यादेश ल्याएपछि महन्थ ठाकुरले दल दर्ताका लागि दिएको निवेदनमा चौधरीको नाम समावेश थियो । तर आयोगले भदौ ४ गते अध्यादेश अनुसार राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेपछि पुन: दल दर्ता निवेद माग गरेको थियो । त्यतिबेला भने लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि चौधरीको नाम नराखिएको प्रवक्ता श्रेष्ठले बताए ।टीकापुरमा भएको थारु समुदायको आन्दोलनका क्रममा सुरक्षाकर्मीसहित ८ जना मारिएको घटनामा दोषी ठहर भई चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार